Comments Add Comment

वीरगञ्ज महानगरमा सय भोट गन्दा १७ बदर !

अघि-अघि कांग्रेस, पछि-पछि राजपा

३ असोज, वीरगञ्ज । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा एकसय मत गणना गर्दा १७ मत बदर भएको छ ।

यही गतिमा मत बदर भएमा बदरमतको संख्या १७ प्रतिशत पुग्ने संकेत देखिएको छ ।

तेस्रो चरणको निर्वाचनको सबैभन्दा बढी चासो रहेको वीरगञ्जमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ भने दोस्रो स्थानमा राजपाका उम्मदेवार देखा परेका छन् ।

मेयर पदको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले २७ मते ल्याचएका छन्. भने उपमेयरमा कांग्रेस उम्मदेवारले ३० मत पाएकी छिन् ।

मेयरमा राजपा उम्मेदवारले २७ र उपमेयरले २७ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका संघीय फोरमका उम्मेदवारले मेयरमा २१ र उपमेयरमा १९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment