+
+

द्रुतमार्गको डीपीआर परिमार्जन हुने, अग्ला पुल होच्याउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ४ गते १२:११


४ भदौ, काठमाडौं । नेपाली सेनाले तराई-काठमाडौं द्रुतमार्गको प्रस्तावित  विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन गर्ने भएको छ । भारतीय कम्पनी आईएल एण्ड एफसीेले तयार पारेको डीपीआरलाई पुनरावलोकन गरिरहेको सेनाले केही परिमार्जन सहित त्यसलाई स्वीकार गर्ने बताएको हो ।

आज संसदको विकास समितिका इन्जिनियरिङ विभागका प्राविधिक उपरथी तथा द्रुतमार्गको निर्देशक समितिका संयोजक योगेन्ऽबहादुर खाँडले सेनाले फास्ट ट्रयाकको पुुरानो प्रस्तावित डीपीआरमा हेरफेर गर्न लागिएको जानकारी दिए ।

उनकाअनुसार भूकम्को जोखिम बढीरहेकाले ७५ मिटर अग्ला पुलको उचाइ घटाएर बनाउन लागिएको बताए । उनले ९ महिनाभित्र डीपीआरको पुनरावलोकन सकिने पनि जानकारी दिए ।

‘हामी ४ वर्षभित्र दु्रतमार्ग बनाइसक्छौं । यसका लागि सेनासहित विदेशी प्राविधिक तथा नेपाली निर्माण व्यवसायी संलग्न हुनेछन्’ खाँडले भने,’यो एसियन हाइ-वेको प्राइम क्लासको बन्नेछ ।’

सेनाले दु्रतमार्गको काम अघि बढाउन विभिन्न पाँच स्थानमा निर्माण बेस क्याम्प खडा गरिसकेको छ । अहिले पनि मार्गका विभिन्न भागमा पहिरो हटाउने लगायतका काम भइरहेको छ ।

सरकारले द्रुतमार्गको निर्माणको सबै जिम्मेवारी सेनालाई दिएको छ । सरकारले फस्ट ट्र्याकको कार्यबिधि पनि पनि पारित गरिसकेको छ ।

जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको फास्ट ट्रयाकको निर्माण सुरु भएको ४ वर्षमा सकाउने लक्ष्य छ ।

ट्रयाक तथा सडक विस्तार, टेवा पर्खाल, कटिङ क्षेत्र पर्खाल, सुरुङमार्ग, पुल, कल्भर्ट लगायत निर्माणलाई छुट्टा-छुट्टै रुपमा कार्यविभाजन गरेर काम सुरु गर्ने सेनाले बताएको छ ।

यो मार्ग ललितपुरको खेकनाबाट सुरु भएर काठमाडौंको चाल्नाखेल हुँदै दक्षिणकाली-इपा-गढी-छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ भएर निजगढमा पूर्वपश्चिम राजमार्गमा जोडिन्छ ।

फास्ट ट्र्याकले ललितपुरमा ७.६ किलोमिटर छुन्छ भने काठमाडौंको ४, मकवानपुरको ५६.७ र बारामा ७.६ किलोमिटर क्षेत्र दू्रत मार्गमा पर्छ ।

यो मार्ग ४ लेनको आधुनिक तथा सुविधा सम्पन्न किसिमको हुनेछ । कुल ७६.२ किलोमिटरको यो ऽुत मार्गले पहाडी क्षत्रेमामा २३ मिटर र तराईमा २५ मिटर चौंडाइ ओगट्नेछ ।

प्रतिलेन चौंडाइ ३.७५ मिटरको हुने छ भने उच्च प्रविधिका सहित ९९ सय वटा पुल निर्माण हुने खाँडले बताए ।

द्रुतमार्गमा ६ वटा इन्टरचेञ्ज अर्थात प्रवेश मार्गहरु रहनेछ । यात्रु र गाडीको ३९ वटा भिन्न सतह क्रसिङ पनि यसमा राखिनेछन् ।

सडकमा बाटो काट्न ६ वटा आकाशेपुल पनि बन्नेछन् । आयोजनामा कुल १६० वटा कल्भर्ट पनि निर्माण गर्नुपर्नेछ । ६१ किलोमिटर क्षेत्रमा टेवा पर्खाल र ६२ किलोमिटरमा कटिङ क्षेत्र पर्खाल बनाइनेछ ।

यसैगरी द्रुतमार्गभरिमा २ वटा अर्धस्वचालित प्रविधिको ट्रल प्लाजा अर्थात राजश्व दस्तुर केन्ऽ राखिनेछ । सवारीसँग सडकमा गुडेबापतको कर उठाउन यस्तो प्रविधि जडान गरिनेछ ।

यो मार्ग बनेपछि काठमाडौंबाट तराई पुग्न जम्मा १ घण्टा लाग्नेछ । न्युनतम् ६५ देखि १२० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाउन सकिनेछ ।

सडक तथा सवारी सुरक्षाका लागि सडका सुरक्षा र सूचना प्रणलीहरु पनि जोडिनेछ । विभिन्न स्थानमा मेडिकल, सुरुङमार्गमा अग्नि नियन्त्रक र ट्राफिक ब्यवस्थापक प्रणाली पनि ब्यवस्थित गर्ने योजना छ ।

सडकका प्रत्येक २ किलोमिटरमा दुर्घटनाबारे जानकारी दिन मिल्ने गरी हटलाइन टेलिफोनको ब्यवस्था पनि गरिनेछ । मार्गको दयाँतर्फ खानेपानी, अप्टिकल, ग्यास, विद्युत प्रशारणलाइन लगायतका पूर्वाधार पनि राख्न मिल्ने गरी सडक तयार गरिने सेनाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?