Comments Add Comment

ललितपुरका मुख्य सडक पानी लगाएर पखाल्न सुरु

फाइल फोटो

४ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्ना नगर क्षेत्रका मुख्य सडकको धुलो सफा गर्न पानीले पखाल्न सुरु गरेको छ । कुपण्डोलदेखि लगनखेल तथा पुल्चोकदेखि महापाल चोकसम्म सडकको धुलो हटाउन ट्यांकरमा ल्याएको पानीमार्फत सफाइ थालिएको महानगरपालिकाले जनाएको छ ।

यसअघि काठमाडौं महानगरपालिकाले पनि यस्तो अभियान सुरु गरे बीचैमा छाडेको थियो । तर, ललितपुरमहानगरपालिकाले भने यसलाई नियमित गर्ने दावी गरेको छ ।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले चुनाव अघि नै  नगरका धुलाम्य सडकलाई हप्ताको दुईपटक पानीले पखाल्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । त्यसैअनुरुप पनि महर्जनले यसको सुरुवात गराएका हुन् ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले सडकमा धुलो जमको देख्नासाथ त्यहाँ जेटर मेसिन र ट्यांकर पठाएर सफाइ गर्ने बताए । सकेसम्म ३/४ दिनमा र नभ्याए कम्तिमा हप्तमा एकपटक सडकलाई पानीले पखालिने महर्जनले बताए ।

अब बषर्ायाम सकिएकाले सडकमा धुलो जमेरबस्ने र त्यसले शहर प्रदुषित हुने क्रम बढ्दै जान्छ । त्यसैले मुख्य बजार क्षेत्रलाई सफा राख्न जेटर मेसिन लगाएर सफाइ गर्न सुरु गरिएको महर्जनले बताए ।

‘महापालचोकभन्दा अघि मंगलबजारसम्म नै सफा गर्नुपर्ने हो । तर, अघि मेलम्चीकोमा चलिरहेकाले सकिएन’ महर्जनले भने,’तर, त्यहाँ चााडो काम सकाएर पीच गर्न मेलम्ची आयोजनालाई भनेका छौं ।’

अहिले ललितपुर महानगरपालिकासँग दुईवटा मात्रै जेटर मेसिन छन् । अब यसको संख्या बढाउन लागिएको महर्जनले बताए ।
‘एउटा प्रोजेक्टमार्फत हामीलाई थप जटर मेसिन आउँदैछ’ महर्जनले भने,’ब्रुमर मेसिन पनि ललितपुरले ल्याउँछ । त्यसपछि हामी सडकको सफाइमा अझ बढी ध्यान दिन पाउँछौं ।’

नगरबासीलाई धुलोको जोखिमबाट बचाउन र शहरलाई सफा र सुन्दर राख्न यस्तो प्रयास सुरु भएको महानगरपाालिकाले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकाका अधिकांश सडक मेलम्चीको पाइप लाइन बिछ्याउने क्रममा खनिएका कारण हिलो-धुलोले ढाकिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment