+
+
Shares

चोली छोटो लगाउने प्रियंकामाथि कस-कसको फोकस(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ४ गते १५:५३


नायिका प्रियंका कार्कीले चोली छोटो लगाउँदा सबैको फोकस उनीमाथि नै परेको छ । कात्तिक १७ गतेबाट रिलिज हुन लागेेको चलचित्र ‘फाटेको जुत्ता’मा समावेश ‘चोली अली छोटो हुँदा’ बोलको गीतमा प्रियंका आफ्नो जवानीमाथि फोकस भएको कुरा गरिरहेकी छिन् ।

अर्जुन कुमार फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको यो गीतमा मिना निरौला र शंकर थापाको स्वर, डीपी खनालको शब्द, शंकर थापाकै संगीत छ ।

कविराज गहतराजले यो भिडियोको कोरियोग्राफी गरेका हुन् । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डेको मुख्य भूमिका छ ।

निकेश खड्काको निर्देशनमा तयार भएको यो चलचित्रमा निरज कँडेलको छायांकन, दिर्घ खड्काको सम्पादन छ । पूर्णतया कमेडी कथामा यो चलचित्र बनेको छ । चलचित्रको यो गीतमा नायिका कार्की हट अवतारमा प्रस्तुत भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?