४ असोज, बारा। बाराको आदर्श कोतवाल गाउँपालिकामा मतगणना स्थगित भएको छ । आठवठा वडा रहेको यस गाउँपालिकामा ४ वडाको मतगणना सम्पन्न भइसकेको छ ।
मतगणनामा बसेका निर्वाचन आयोगका कर्मचारीले गरेको मणना र दलका प्रतिनिधिको गणना नमिलेपछि त्यहाँ साँझ ५ बजेदेखि विवाद भएको हो ।
फोरम नेपालले एउटा बुथमा पाएको ५४६ मत हुनुपर्नेमा कर्मचारीले ५३६ मत टिपेपछि फोरमले बिवाद गरेेर गणना स्थगित गराएको निर्वाचन अधिकृतले जनाएका छन् ।
फोरमले यसअघिका गणनामा पनि यसैगरी आफूहरुको मत घटाइएको हुनसक्ने भन्दै पुनः सुरुदेखि नै मतगणना हुनुपर्ने माग गरिरहेका छन् भने अन्य दलका प्रतिनिधिले मानिरहेका छैनन् ।
आदर्श कोलवाल गाउँपालिकाका निर्वाचन अधिकृत मोहन सुवेदीका अनुसार फोरम र अन्य दललाई सहमतिको प्रयास भइरहेको छ ।
यो पनि पढ्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4