+
+

फास्ट ट्रयाकमा सेना र अर्थबीच विवाद

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ५ गते ६:०२

४ असोज, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई–मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा पाएको नेपाली सेना र अर्थ मन्त्रालयबीच खरिद प्रक्रियालाई लिएर विवाद देखिएको छ । नेपाली सेनाले रणनीतिक महत्त्व बोकेका फास्ट ट्रयाकको काम निर्धारित समयमा सम्पन्न गर्न सार्वजनिक खरिद प्रक्रियालाई सरलीकृत गर्न माग गर्न माग गरेपछि सेना र अर्थबीच विवाद भएको हो ।

सेनाले फास्ट ट्रयाक विशेष परिस्थितिको आयोजना भएको भन्दै सार्वजनिक खरिद ऐनको दफा ६६ र नियमावलीको नियम १४५ अनुसार खरिद गर्न पाउने व्यवस्था स्वीकृत गर्न प्रस्ताव गरेको छ ।

सार्वजनिक खरिद नियमावलीको नियम १४५ मा एउटा मात्र सेवा प्रदायकसँग दरभाउ लिई वार्ताद्वारा मूल्य तय गर्न पाउने व्यवस्था छ । तर, अर्थ मन्त्रालयले भने नेपाली सेनाले प्रचलित कानुनको पालना गर्छ र पारदर्शितालामा कतैबाट प्रश्न उठ्दैन भन्ने निष्कर्षसहित फास्ट ट्रयाक निर्माणको जिम्मा दिइएको भन्दै एउटा मात्र सेवा प्रदायकसँग दरभाउ लिँदा भ्रष्टाचार हुने बताएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?