Comments Add Comment

वीरगञ्ज महानगरमा कांग्रेसको अग्रता

५ असोज, वीरगञ्ज । प्रदेश नं. २ को एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा पुनः नेपाली कांग्रेसले अग्रता लिएको छ ।

सुरूदिख नै राजपा र कांग्रेसबीच प्रतिस्पर्धा रहेकको वीरगञ्जको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले अग्रता लिएको हो । यस अघि राजपाले अग्रता लिएको थियो भने कांग्रेसले पछ्याइरहेको थियो ।

कांग्रेसका मेयर उम्मेदवार अजयकुमार दिवेदीले २३८६ मत ल्याएका छन् भने उपमेयरले शान्ति कार्कीले २२१७ मत पाएकी छन् ।

राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले २२८६ मत ल्याएका छन् भने उपमेयर रम्भा मिश्राको २२१७ मत छ ।

फोरम लोकतान्त्रिकका मेयर उम्मेदवार विमलप्रसाद श्रिवास्तवले १५२९ र उपमेयर रिंकु यादवले १५२५ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment