Comments Add Comment

बाराको करैयामाईमा कांग्रेस विजयी, जिल्लाभर कसले कति वडा जिते ? (सूचीसहित)

५ असोज, बारा । बारामा १४ स्थानीय तहमा मतगणना जारी रहँदा ११ बजेसम्म एकगाउँपालिकासहित ३९ वडाको नतिजा सार्वजनिक भएको छ ।

करैयामाई गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित २ वडा जितेको छ । अध्यक्षमा कांग्रेसका भुमेश्वर धामी ३२२९ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शम्भुप्रसाद यादवले ३१५९ मत प्राप्त परेका छन् ।

उपाध्यक्षमा पनि कांग्रेसकै चित्ररेखा चौधरी विजयी भएकी छन् । यहाँ एमालेले २, कांग्रेसले २, फोरमले २ र माओवादीले १ वडा जितेका छन् ।

हालसम्म ४७ वडाको परिणाम आउँदा एमाले,माओवादी र कांग्रेसले बराबरी दश दश वडा जितेका छन् ।

राजपाले ७, लोकतान्त्रिक फोरमले ३ र संघीय समाजवादी फोरमले ५ वडा जितेको छ । एउटा स्वतन्त्र जितेका छन् ।

कुन वडामा कसले जिते ?

जीतपुरसिमरा उपमहानगरपालिका

वडा नम्बर १- हिराबहादुर गुरुङ – कांग्रेस
वडा नम्बर २- तिलकबहादुर श्रेष्ठ- माओवादी केन्द्र
वडा नम्बर ३ – जगन्नाथ घिमिरे -माओवादी केन्द्र
वडा नम्बर ४ – भोजबहादुर खत्री -माओवादी केन्द्र
वडा नम्बर २१ – कृष्ण ठकुरी -माओवादी केन्द्र
वडा नम्बर २२ – मणिकलाल थिङ्ग -माओवादी केन्द्र
वडा नम्बर २३ – असलम देवान -माओवादी केन्द्र
वडा नम्बर २४ – इलियास देवान -एमाले

कलैया उपमहानगरपालिका
वडा नम्बर ३ – गलाउदिन अंसारी, माओवादी केन्द्र
वडा नम्बर ४ – जाटाशंकर सहनी -लोकतान्त्रीक फोरम

निजगढ नगरपालिका
वडा नम्बर १ – मंगले लोप्चन -कांग्रेस
वडा नम्बर २ – केशवप्रसाद ढोंडारी -एमाले
वडा नम्बर ३ – जितबहादुर तामाङ्ग -एमाले
वडा नम्बर ४ – जयराम कुनवर -एमाले
वडा नम्बर ११ – प्रेमकुमार रुम्बा -एमाले
वडा नम्बर १२ – ज्ञानबहादुर गोले -कांग्रेस
वडा नम्बर १३ – सुर्य घलान -कांग्रेस

आदर्श कोतवाल गाउँपालिका
वडा नम्बर १ – राजेन्द्र राउत कुर्मी -एमाले

कोल्हवी नगरपालिका
वडा नम्बर २ – गोपाल प्रसाद अधिकारी -एमाले
वडा नम्बर ३ – किसुन दयाल चौधरी -कांग्रेस
वडा नम्बर ७ – विरेन्द्रप्रसाद चौधरी – स्वतन्त्र उम्मेदवार

महागढीमाई नगरपालिका
वडा नम्बर १ – सुदामा साह कानु -कांग्रेस
वडा नम्बर २ – विरेन्द्र राउत – माओवादी केन्द्र
वडा नम्बर ३ – उपेन्द्रप्रसाद जैसवाल -कांग्रेस

सिम्रौनगढ नगरपालिका

वडा नम्बर १ – सुमितकुमार जैसवाल- राजपा
वडा नम्बर २ – खुशीलाल महतो कोइरी – राजपा
वडा नम्बर ३ – मंजुर मियाँ अंसारी – राजपा
वडा नम्बर ४ – राजेशप्रसाद यादब – राजपा
वडा नम्बर १० – हरिशंकर प्रसाद यादब – राजपा
वडा नम्बर ११ – हेमचन्द्रप्रसाद जैसवाल – संघीय समाजवादी फोरम

सुवर्ण गाउँपालिका
वडा नम्बर १ – हरिश्चन्द्र प्रसाद महतो – संघीय समाजबादी फोरम

परवानीपुर गाउँपालिका
वडा नम्बर १ – मिश्री महतो – राजपा
वडा नम्बर २ – इश्वरीप्रसाद साह तेली -कांग्रेस

पर्सौनी गाउँपालिका
वडा नम्बर १ – लालबाबु मुखिया – माओवादी केन्ऽ
वडा नम्बर २ – सुरेशकुमार गुप्ता – राजपा

फेटा गाउँपालिका
वडा नम्बर १ – जयप्रकास दास -फोरम लोकतान्त्रिक
वडा नम्बर २ – रवि कुश्वाहा -एमाले
वडा नम्बर ७ – महम्मद हुसेन मियाँ – फोरम लोकतान्त्रिक

विश्रामपुर गाउँपालिका
वडा नम्बर १ – हृदयनारायण प्रसाद यादव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment