Comments Add Comment

बाराको पचरौता नगरपालिकामा संघीय फोरम र उपप्रमुखमा राजपा विजयी

६ असोज, बारा । बाराको पचरौता नगरपालीकामा संघीय समाजबादी फोरमले जित हासिल गरेको छ ।

योसँगै बाराका नगरपालिकामा पनि संघीय समाजवादीले जितको सुरुवात गरेको छ । पचरौताको मेयरमा संघीय फोरमका रमेश कुमार यादवले २६८२ मतले बिजय भएका हुन् भने उनलाई राजपाका श्याम गुप्ताले २०७४ मतले पछ्याएका थिए ।

यसैगरी उप प्रमुखमा भने राजपाकी इन्दु कुमारीले बाजी मारेकी छिन् । उनले प्रतिद्धन्द्धी संघीय फोरमकी ललिता कुमारीको २५०९ मतलाई उछिन्न्दै ३७ मतको अग्रतामा इन्दु उप प्रमुखमा बिजय भएकी हुन् ।

यस्तै पचरौताको ९ वडा मध्ये वडा नंं २, ४ र ५ संघिय समाजबादी फोरमले जितेको छ भने दुई वटा वडामा एम्ााले जितेको छ । राजपा र माओबादीले एक एक वडामा जित हाँसिल गरेका छन् ।

पचरौता नगरपालीकामा २ भन्दा बढी मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment