Comments Add Comment

चितवन निकुञ्जमा धमाधम मर्न थाले अर्ना

फाइल तस्वीर

६ असोज, चितवन । सदर चिडियाखाना र कोशी टप्पु वन्यजन्तु आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना धमाधम मर्न थालेका छन् । अहिलेसम्म निकुञ्जभित्र खुल्ला खोर बनाएर राखिएका ५ वटा अर्ना मरिसकेका छन् भने अन्य बिरामी भएका छन् ।

सदर चिडियाखानाबाट ल्याइएका ३ वटै र कोशी बन्यजन्तुबाट ल्याइएका २ वटा अर्ना मरेको निकुञ्जले जनाएको छ । निकुञ्जमा सदर चिडियाखानाबाट ३ र कोशी बन्यजन्तुबाट १२ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको थियो । चिडियाखानामा रहेका एक भाले र दुई पोथी अर्ना तथा गएको माघमा कोशीटप्पु वन्यजन्तु आरक्षबाट दुई भालेसहित १२ वटा अर्ना ल्याइएको थियो ।

साउनमा आएको बाढी अघि नै चिडियाखानाबाट ल्याएका अर्ना मरेका थिए भने भदौको अन्तिम साता २ वटा अर्ना मरेको निकुञ्जले जनाएको छ । अब निकुञ्जमा २ भाले र ८ पोथी अर्ना मात्रै निकुञ्जमा बाँकी छन् । ति सबै अर्ना रोगबाट संक्रमित भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।

अर्नाको च्यापु सुन्निएको, दुब्लाएको र हेर्दा पनि बिरामी भएजस्तो देखिएको कँडेलले बताए । चिडियाखानामा तयारी खाना खाएका अर्नाले छाडिएका ठाउँमा खोजेर घाँस, पानी नखाएकाले आहाराकै कारण ती अर्ना मरेको निकुञ्जले बताउँदै आएको छ ।

चितवनमा आएको बाढीले निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा यी जनावरका लागि खुल्ला खोर -इन्क्लोजर) निर्माण गरी राखिएको छ । बाघले अर्नाको शिकार गर्ने भएकाले खुल्ला खोरमा राख्ने व्यवस्था गरिएको हो । दुई हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा निर्माण गरिएको खोरमा अर्ना राखिएको छ ।

यसैबीच, शुक्लाफाँटाबाट ल्याइएका सातवटा बाह्रसिंगेमध्ये तीनवटा मरेका छन् भने ३ वेपत्ता भएको निकुञ्जले जनाएको छ । हाल इन्क्लोजरमा एउटा बाह्रसिंगे मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment