Comments Add Comment

भारत-पाकिस्तान सीमामा गोर्खा सैनिकको मृत्यु

 

६ असोज, बनारस । भारत र पाकिस्तानको सीमामा भएको दोहोरो गोली हानाहानमा परी एक गोर्खा सैनिकको मृत्यु भएको छ ।

पाकिस्तानी सेनाको गोली लागेर जम्मु-कश्मीरको कुपवाडा इलाकामा गत बुधबार राइफलम्यान राजेश खत्रीको मृत्यु भएको हो । उनी दैलेखको दुल्लु- ११ कालभैरवका बासिन्दा हुन् ।

नेपाली नागरिक २७ वर्षीय खत्रीका पत्नी र एक सन्तान छन् । उनको परिवार बनारसस्थित ३९ औं गोर्खा सैनिक तालिम केन्द्रको क्यान्टोनमेन्ट क्षेत्रमा बस्दै आएको छ ।

उनको पार्थिव शरीरलाई शुक्रबार बनारसस्थित हरिश्चन्द्रघाटमा सैनिक सम्मानका साथ अन्त्येष्टी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment