
६ असोज, राैतहट । जिल्लाको गाैर नगरपालिकामा राजपाका उम्मदवारहरू विजयी भएका छन् ।
मेयरमा अजय गुप्ताले ५०९३ मत ल्याएर विजयी भएका हुन् । यस्तै उपमेयरमा पनि राजपाकै किरण ठाकुर ३०५५ मतका साथ विजयी भएकी छन् ।
मेयरमा निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शम्भु साहले ३०५२ मत ल्याए ।