Comments Add Comment

स्पेन पुगेर विद्यासुन्दरले भने- नेपाली दूताबासको भाडा मड्रिडले तिर्छ !

६ असोज, स्पेन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्पेनमा खुल्न लागेको नेपाली दूताबासको एक वर्षको भाडा मड्रिड नगरले तिर्ने बताएका छन् ।

काठमाडौं महानगरपालिका र मड्रिड शहरवीच हालै भगिनी सम्बन्ध कायम भएकाले नेपाली दूताबासको एक वर्षको कार्यालय खर्च मड्रिडले व्यहोर्ने शाक्यले बताएका हुन् ।
स्पेनको भ्रमणमा रहेका मेयर शाक्यसँग शुक्रबार एनआरएनए स्पेनको क्षेत्रीय समिति मड्रिडले छलफलको आयोजना गरेको थियो ।

सो छलफलपछि क्षेत्रीय समितिका अध्यक्ष उत्तर राईले शाक्यको भनाइबारे जानकारी दिए । मड्रिडले दूताबासको एक वर्षको भाडा तिर्ने सहमति गरेको राईले शाक्यको भनाइ उधृत गर्दै जानकारी दिए ।

मेयर शाक्यले स्पेनका खुल्न लागेको नेपाली दूताबास भवनको समेत अवलोकन गरेका छन् । उनी शुक्रबार नै भ्रमण सकेर काठमाडौं फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment