Comments Add Comment

राष्ट्रिय संरक्षण पुरस्कार रामपृत यादवलाई

७ असोज, काठमाडौं । यो वर्षको राष्ट्रिय संरक्षण पुरस्कार चितवन राष्ट्रिय निकुञ्जका पूर्व वाडेन रामपृक्ष यादवलाई प्रदान गरिएको छ ।

जैविक विविधता संरक्षण दिवसका अवसरमा वन तथा भू-संरक्षण मन्त्रालयले लामो समयदेखि रामवृक्षले जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको हो ।

यो पुरस्कारको राशी एक लाख ५१ हजार रुपैयाँ रहेको छ ।

मन्त्रालयले आयोजना गरेको कार्यक्रममा पूर्व वाडेन यादवलाई सम्मान गर्दै वनमन्त्री विक्रम पाण्डेले गाउँगाउँमा जैविक विविधताको संरक्षण गरेका व्यक्तिलाई सम्मान गर्न पाउँदा खुसी महसुस भएको बताए ।

कार्यक्रममा राज्यमन्त्री कमलादेवी शर्मा लगायतको उपस्थिति रहेको थियो ।

ताप्तलेजुङको घुन्सामा २०६३ असोज ७ गते तत्कालीन वन तथा भू-संरक्षण मन्त्री गोपाल राई सहित २४ जनाको ज्यान जाने गरी  श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने क्रममा बाक्लो हुस्सुका कारण घुन्साको फले भिरमा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment