Comments Add Comment

यी महिलाले तोडिन् पानीपुरी खाने रेकर्ड (भिडियोसहित)

अहिले सोसल साइटमा एउटा भिडियो भाइरल बनिरहेको छ । उक्त भिडियोमा एकजना महिलाले पानीपुरी खाइरहेको देखिन्छ । महिलाले यस्तोसँग पानीपुरी खाइरहेकी छिन् कि उनले पानीपुरी खाने अहिलेसम्मका सबै मानक भत्काइदिएकी छिन् ।

वास्तवमा ती महिलाले कुनै प्रतियोगितामा पानीपुरी खाइरहेकी हुन् । भारतको कोलकातास्थित लायन सफारी पार्कमा अगष्ट २७ का दिन पानीपुरी खाने प्रतियोगिताको आयोजना भएको थियो । विभिन्न उमेर समूहका झण्डै १ सय जनाले प्रतियोगितामा भाग लिए ।

त्यसमा भाग लिएकी एक महिलाले पानीपुरी खाइरहेको दृश्य चाहिँ निकै रोचक छ, भलै उसको नजिकै एक अर्को युवकले पनि उसैगरी पानीपुरी खाइरहेको छ, शान्त रुपमा ।

एक एक गरी पुरीभित्र पानी हालेर क्वाप्प खानुको साटो उनले दुईचार गोटा पुरी कच्याककुचुक गरेर मुच्छिन् अनि त्यसमा मसला र पानी मिलाएर खान्छिन् । एउटा प्लेट सिध्याएपछि फेरि अर्को प्लेट पानीपुरी दौडिएर ल्याउँछिन् र उसैगरी खान्छिन् ।

हेरौं यो भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment