Comments Add Comment

हेम–सुनिल पुरस्कारबाट थापा सम्मानित

८ असोज, काठमाडौं । यस वर्षको हेम–सुनिल जोखिपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार भरतबन्धु थापालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले स्थापना गरेको पुरस्कार थापा र धादिङका पत्रकार शिव सिलवाललाई सयुक्त रुपमा प्रदान गरिएको हो ।

देशभरबाट प्राप्त १३ वटा रिपोर्टमध्ये एभिन्युुज टेलभिजनको खबरभित्रको खबरमा भरतबन्धु थापाले तयार गरेको डोल्पामा यार्सा संकलनबारे प्रशारण भएको सामग्रीका लागि जोखिमपूर्ण पत्रकारिता परस्कार दिइएको हो । थापा र सिलवाललाई वाणिज्य मन्त्री मीन विश्वकर्माले नगद २५ हजार ५ सयसहित कदरपत्र प्रदान गरे ।

पुरस्कृत थापाले आफनो पत्रकारिता पेशामा थप जिम्मेवारी थपिएको भन्दै सूचना वाहकका रुपमा निरन्तर लागि रहने प्रतिवद्धता जनाए । २०६३ असोज ७ गते रिपोर्टिङका लागि ताप्लेजुङको धुम्साह पुगेका आफना सहकर्मी हेम–सुनिलको हेलिकप्टर दुर्घटनामा निधनको स्मृतिमा नेपाल टेलिभिजनले हरेक वर्ष यो पुरस्कार वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment