Comments Add Comment

महोत्तरीमा राजपा बन्यो पहिलो दल, एमाले पाँचाै

माअोवादी दोस्रो, कांग्रेस तेस्रो

८ असोज, महोत्तरी । स्थानीय तहको तेस्रो चरण अन्तर्गत महोत्तरीमा भएको चुनावको मतगणना सिकएको छ ।

१० नगरपालिका र ५ गाउँपालिकाका १३८ वडामा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ७२० पदको लागि कडा पतिस्पर्धा भएको थियो ।

महोत्तरीको अन्तिम परिणाम अनुसार राजपाले ७ प्रमुख, ९ उपप्रमुख र ३९ वडा जितेर पहिलो दल बनेको छ ।

यस्तै माओवादीले चार/चार वटा प्रमुख र २६ वडा जितेर दोस्रो भएको छ भने कांग्रेसले तीन जना प्रमुख र एक जना उपप्रमुखसहित ३७ वटा वडा जितेर तेस्रो भएको छ ।

महोत्तरीमा संघीय समाजवादी फोरम नेपालले एक/एक वटा प्रमुख र उपप्रमुखसहित २० वडा जितेको छ । एमाले भने जम्मा ८ वटा वडा मात्रै जितेर पाँचअ स्थानमा छ ।

महोत्तरीमा झन्डै ४२८९ उम्मेदवार निर्वाचनमा भाग लिएका थिए । तीन लाख ८४०९ मतदाता रहेको महोत्तरीमा ७३.३१ प्रतिशत मत अर्थात जुन एकलाख ९६ हजार ५५० खसेको थियो ।

कसले कति तह र वडा जिते

दल   प्रमुख/उप-प्रमुख र वडाध्यक्ष

राजपा-७/९, ३९

माओवादी-४/४,२६

नेपाली काँग्रेस-३/१, ३७

संघीय फोरम-१/१,२०

एमाले-०/ ०,  ८

स्वतन्त्र-०/०, ५

लोकतान्त्रिक फोरम-०/०, १

राप्रपा-०/० १

नयाँशक्ति-०/०,१

जम्मा-१५/१५, १३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment