+
+
Shares

माहिराको वचाउ गर्दै रणवीरले भने-‘उनी महिला भएकै कारणले गाली गर्नु गलत’

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ८ गते १३:४७


नायक रणवीर कपुर र पाकिस्तानी नायिका माहिरा खानको एउटा तस्बिर सामाजिक संजालमा खुबै भाइरल भैरहेको छ । अमेरिकामा दुइले धुम्रपान गरिरहेको तस्बिर सार्वजनिक भएपछि यसले सामाजिक संजालमा तहल्का नै मच्चायो ।

माहिरा र रणवीरको प्रेमको चर्चा मात्र चलेन, माहिरालाइ लिएर थुप्रै गालीहरु पनि बर्सिए । तर, अब तस्बिरको बिषयमा नायक रणवीर कपुरले मुख खोलेका छन् ।
माहिराले हट पहिरन लगाएको, धुम्रपान गरेको बिषयलाइ लिएर थुप्रै ट्रोलहरु पनि बनेका थिए । रणवीरले भनेका छन्-‘मैले माहिरालाइ पछिल्लो केहि महिनायता व्यक्तिगत रुपमा निकै क्षमता भएकी कलाकारको रुपमा वुझेको छु । उनी त्यस्ती कलाकार हुन्, जसलाइ म सम्मान गर्छु । म उनको उपलब्धीलाइ मात्र होइन, उनको व्यक्तिगत क्षमताको पनि सम्मान गर्छु ।’

रणवीरले अगाडि भनेका छन्-‘उनको जुन तरिकाले सामाजिक संजालमा चर्चा भएको छ र उनको मुल्यांकन गरिएको छ, त्यो गलत हो । उनी महिला भएकै कारणले त्यसरी उनको मुल्यांकन गर्नु गलत हो । म सबैलाइ उनको बारेमा नकारात्मक कुरा नगर्न आग्रह गर्दछु र आफ्नो सुन्दर जीवन जिउन अपिल गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?