News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको सचिवालय बैठक आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालयमा र केन्द्रीय कमिटी बैठक दिउँसो १२ बजे ललितपुरमा बस्दै छ।
- सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा केन्द्रीय कमिटी सदस्यहरूले दिएका सुझाव समेट्ने विषयमा छलफल हुने निरज आचार्यले बताए।
- सचिवालय बैठकमा स्थायी कमिटी र पोलिटब्युरो गठनलगायत विषयमा छलफल गरेर ५ असोजदेखि सुरु केन्द्रीय कमिटी बैठक आज सम्पन्न हुनेछ।
८ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बिहान १० बजे सचिवालय र ललितपुरस्थित एक पार्टी प्यालेसमा मध्याह्न १२ बजे केन्द्रीय कमिटी बैठक बस्ने पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय कमिटी सदस्यहरूले राखेका सुझावहरूलाई समेट्ने विषयमा छलफल हुने उनले बताए ।
आचार्यका अनुसार सचिवालय बैठकमा स्थायी कमिटी, पोलिटब्युरो गठन लगायतका विषयमा समेत छलफल हुनेछ ।
सचिवालय बैठक सकिएपछि केन्द्रीय कमिटी बैठक बस्ने छ ।
५ असोजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक आज सम्पन्न हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4