Comments Add Comment

हट अशिष्मासँग गिलास रित्तिएको कुरा गर्दै सलोन र आमेष


चलचित्र ‘मेला’मा समावेश एक पार्टी गीत रिलिज गरिएको छ । दशैंको अवसर पारेर सार्वजनिक गरिएको गीतमा गिलास रित्तिएको कुरा गरिएको छ । राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको चलचित्र ‘मेला’को ‘खाली हुँदै गयो गिलास’ बोलको गीतको भिडियो रिलिज गरिएको हो ।

विक्रम राइ र शशी रावलको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोमा चलचित्रका मुख्य ३ कलाकार सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीलाइ फिचरिङ गरिएको छ ।

पवित्रा आचार्यको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा दिव्य सुवेदीको छायांकन छ । हरि पन्तको प्रस्तुतीमा तयार भएको यो चलचित्रका निर्माता मनोज के मरोडिया हुन् । बसन्त निरौला निर्देशित यो चलचित्र कात्तिक २४ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रको कथावस्तुको बारेमा निर्माणपक्षले अझै पनि केही खुलाएको छैन । यसअगाडि सार्वजनिक ‘परिचय’ बोलको लोकलयको गीत हिट भैसकेको अवस्थामा यो गीतले पनि बजार तताउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment