Comments Add Comment

राजपा सहमहामन्त्री एमाले प्रवेश, मधेसमा जनमत बढेको ओलीको दावी

८ असोज, काठमाडौं । २ नम्बर प्रदेशको स्थानीय तह चुनावमा दोस्रो पार्टी बन्न प्रयासरत राजपाका सहमहामन्त्री मिर्जा अरशद बेग एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठक चलिरहेका बेला आइबार केन्द्रीय कार्यालय धुम्बाराहीमै उनी आफ्ना सहयोगी सहित एमाले प्रवेश गरेका हुन् ।

कपिलबस्तु निवासी मिर्जा अरशद बेगलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । ओलीले मधेसमा एमालेको मत नघटेको तर सत्तापक्षको धाँधली र चार पार्टीको अघोषित गठबन्धनका कारण केही ठाउँमा प्राबिधिक रुपमा हारिएको बताए ।

ओलीले जनमतका हिसाबले मधेसमा एमालेको मत बढेको दावी गरे । उनले धेरै जनसंख्या रहेका नगरपालिकाहरुमा एमालेले जितेकाले गाउँपालिका जितेको संख्या जोडेर अरु पार्टी ठूला भएको टिप्पणी गरे ।

२ नम्बर प्रदेशको चुनाव परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको भन्दै ओलीले समग्र देशमा एमाले ठूलो पार्टी भइसकेको बताए । उनले मधेसमा अझै मेहनत गर्ने र धेरै नेता कार्यकर्तालाई प्रवेश गराउने योजना सुनाए ।

हिजो मात्रै यसैगरी रामराजा प्रसाद सिंहका छोरा डा. मनोज कुमार सिंह लगायतका ब्यक्तिहरु प्रवेश गरेका थिए भने सोमबार दाङमा ओलीले गायीका कोमल ओली लगायतको समूहलाई एमालेमा प्रवेश गराउने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment