Comments Add Comment

यस्तो छ सौगात र बर्षाको ‘मेरो पैसा खोइ’ ट्रेलर


असोज ११ गते काठमाण्डौमा र असोज २० गते मोफसलका हलमा रिलिज हुन लागेको चलचित्र ‘मेरो पैसा खोइ’को ट्रेलर सार्वजनिक गरिएको छ । एक साता अगाडि मात्र चलचित्रको प्रदर्शन मिति तय गरेपछि निर्माता तथा निर्देशक रोज राणाले चलचित्रको प्रचारलाइ तिव्रता दिएका छन् ।

चलचित्रको फस्टलुक र एउटा गीत रिलिज भैसकेको छ । चलचित्रमा सौगात मल्ल, बर्षा राउत, छुल्ठिम गुरुङ, वुद्धि तामाङ, रविन तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्र कात्तिक ९ गतेबाट रिलिज हुने चर्चा भैरहँदा रोजले एक सातामै असोज ११ को प्रदर्शन मिति तोकेर प्रचारलाइ अगाडि बढाएका थिए ।
यो चलचित्रलाइ पूर्ण रुपमा कमेडी शैलीमा निर्माण गरिएको छ । चलचित्रको ट्रेलरमा पनि सोही पाटोलाइ उठाइएको छ ।

अब, यो चलचित्र काठमाण्डौमा ‘छक्का पन्जा २’सँग जुध्ने पक्का भएको छ । नायिका बर्षा राउतको एकैदिन २ वटा चलचित्र रिलिज हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment