Comments Add Comment

जर्मनको चुनावमा राष्ट्रवादीको छलाङ, मर्केल पुनः चान्सलर बन्ने

९ असोज, काठमाडौं । जर्मन चान्सलर एन्गेला मर्केलको कन्जरभेटिभ सीडीयू/सीएसयू ब्लकले पछिल्लो ७० वर्षमा सबैभन्दा खराब नतिजा निकालेको छ ।

तर, अझै संसदमा ठूलो शक्ति रहनेछ । संघीय चुनावमा राष्ट्रवादीहरुले ठूलो छलाङ मारेका छन् ।

आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दैै मर्केलले आफूलाई यो भन्दा राम्रो नजिताको अपेक्षा रहेको बताइन् ।

उनी चौथो पटक जर्मन चान्सलर हुनसक्छिन् । तर, यसका लागि नयाँ सहयात्री खोज्नु पर्ने छ । यसका लागि महिनौ पनि लाग्न सक्ने बीबीसीले जनाएको छ ।

किनकी ऐतिहासिक पराजयपछि मर्केलको सहयात्री सोसल डेमोक्रेटिक पार्टी एसपीडीले विपक्षमा बस्ने बताएको छ ।

मर्केलको सीडीयू/सीएसयू ब्लकले ३२.५ प्रतिशत मत पाउने एक्जिट पोलले देखाएको छ । एसपीडीले २० प्रतिशत मत्र पाउने अनुमान गरिएको छ ।

राष्ट्रवादी एएफडीले पहिलो सिट हात पारेको छ र संसदमा तेस्रो पार्टी हुने संकेत देखिएको छ । उसले १३.५ प्रतिशत मत पाउने एक्जिट पोलले देखाएको छ ।

पार्टीका नेता फ्राक पेटरीले चुनावी नजितालाई जर्मनीमा एक राजनीतिक भूकम्पको संज्ञा दिएका छन् ।

चुनावी परीणामलाई लिएर विरोध प्रदर्शन सुरु भएको छ ।

दक्षिणपन्थी इस्लाम विरोधी पार्टीको मुख्यालय बर्लिनमा शारणार्थीहरुलाई स्वागत छ भन्ने प्लेकार्ड सहित प्रदर्शन भएको छ । फ्रांकफर्ट र कोलोनमा पनि प्रदर्शन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment