Comments Add Comment

ट्रकले मोटरसाइकललार्इ ठक्कर दिदा एकको मृत्यु

९ असोज, नवलपरासी । नवलपरासीमा गएराति भएको सवारीसाधन दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार नवलपरासीको मध्यविन्दु नगरपालिका १० चोरमारा र अरुणखोलाबीच जंगलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना २ ख ८०२९ नम्बर ट्रकले विपरित दिशाबाट आउँदै गरेको लु १३ प २५९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका १० निवासी २६ वर्षका लक्षमण कुमालको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक २८ वर्षका धु्रव रसाइली गम्भीर घाईते भएका छन । घाइतेको भरतपुरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment