+
+
Shares

‘फाटेको जुत्ता’बाट आशावादी निकेश, भन्छन्-‘आफूलार्इ प्रमाणित गर्ने बेला आएको छ’

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ९ गते १२:०८


म्यूजिक भिडियोमा निकै जमेका छन्, निकेश खड्का । देशका चर्चित गायकदेखि मोडल उनीसँग म्यूजिक भिडियोमा काम गर्न लालयित छन् । तर, निकेशले भिडियोलाइ मात्र गन्तव्य बनाउन चाहेका छैनन् । उनी, चलचित्रमा पनि जम्ने कोशिशमा छन् । पहिलो चलचित्र ‘जिन्दगी रक्स’ निर्देशन गरेका निकेशसँग असफलताको तितो स्वाद छ । पहिलो चलचित्रबाट नै असफलता भोगेका निकेश भन्छन्-‘जिन्दगी रक्स असफल हुँदा मलाइ लामो समयसम्म मानसिक रुपमा केही तनाव भयो । त्यसैले मैले दोश्रो चलचित्र बनाउन केही बर्ष लगाएँ ।’

यसपटक, निकेशलाइ धेरै कुराले साथ दिएको छ । चलचित्र ‘फाटेको जुत्ता’को निर्देशन गर्दै गर्दा उनले भने जस्ता कलाकार पाएका छन्, निर्माता पाएका छन् । सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया जस्ता कलाकार पाएका निकेश दोश्रो प्रोजेक्टबाट भने आफूलाइ सफलता मिल्नेमा ढुक्क छन् ।

यसपटक तपाइले निर्देशकको रुपमा के-के खुराक चलचित्रमा पस्कनु भएको छ त, अनलाइनखबरको प्रश्नमा उनले भने-‘चलचित्रमा सबैथोक छ । २ घन्टा चलचित्र हेर्दा दर्शकले पूर्ण मनोरञ्जन पाउनु हुनेछ । सौगात मल्लले चलचित्रमा पूर्ण रुपमा कमेडी गर्नुभएको थिएन होला, यसमा उहाँलाइ पूर्ण रुपमा कमेडी अवतारमा दर्शकले पाउनुहुनेछ ।’

निकेश यसपटक चलचित्र ‘फाटेको जुत्ता’बाट आफूले प्रमाणित गर्ने बेला आएको बताउँछन् । नेपालमा म्यूजिक भिडियो निर्देशकहरु चलचित्र निर्देशनमा खासै सफल छैनन् । निकेशले पनि पहिलो चलचित्रबाट सोही आरोप भोग्नुपर्‍यो । उनी भन्छन्-‘यसपटक भने म त्यो आरोपबाट मुक्त हुनेछु । मैले आफूलाइ प्रमाणित गर्ने बेला आएको छ ।’

अब पनि चलचित्र निर्देशनमा सफल नहुने हो भने मानिसले विश्वास गर्ने ठाउँ नरहने उनले बताए । निकेश म्यूजिक भिडियो जस्तै चलचित्रमा पनि जम्ने तयारीमा छन् । कात्तिक १७ गतेबाट रिलिज हुने चलचित्रबाट के उनले आफूलाइ प्रमाणित गर्लान् त ? प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?