कात्तिक १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फाटेको जुत्ता’को ट्रेलर रिलिज गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको कमेडी कथाले भरिएको ट्रेलर रिलिज गरिएको हो ।
अर्जुन कुमारको निर्माणमा निकेश खड्काले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की र कामेश्वर चौरासियाको मुख्य भूमिका छ ।
चलचित्रको ट्रेलरमा मधेसका पात्र र उनीहरुको शैलीलाइ कमेडी रुपमा प्रस्तुत गरिएको छ । नायक सौगात मल्ल ट्रेलरमा हाबी देखिएका छन् । उनले पत्रकार सम्मेलनमा ट्रेलरमा केही नयाँ गर्न खोजेको बताए ।
निर्माता अर्जुन कुमारले भने-‘मलाइ ‘चपली हाइट २’ शैलीको कथा मनपर्छ । यसमा पनि केही मात्रामा त्यसको छनक आउँछ । तर, यो पूर्ण कमेडी कथामा तयार भएको छ ।’
तराइका विभिन्न स्थानमा खिचिएको ट्रेलरले अपहरणको कथालाइ कमेडी शैलीमा प्रस्तुत गरेको छ ।
प्रतिक्रिया 4