+
+
Shares

कोलेस्ट्रोल र मुटु रोगीले कस्तो खानपान गर्ने ?

डा. लव जोशी डा. लव जोशी
२०७४ असोज १० गते १२:१८

स्वस्थ्य जीवनका लागि कोलेस्ट्रोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ । यसले शरीरको प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर्छ । ब्लड प्लाजमाद्वारा कोलेस्ट्रोर शरीरको विभिन्न अंगमा पुग्छ । तर, कहिले कहिं यसको मात्रा बढ्न सक्छ । जब रगतमा कोलेस्ट्रोलको मात्रा अधिक हुनसक्छ, त्यसले मुटुमा समस्या पैदा गर्ने खतरा रहन्छ ।

कोलेस्ट्रोल दुई प्रकारका हुन्छन्

एलडीएल (लो डेन्सिटी लिपोप्रोटिन)

एचडीएल (हाई डेन्सिटी लिपोप्रोटिन)

खराब कोलेस्टोर र हृदयघातको जोखिम

एलडीएललाई खराब कोलेस्ट्रोल पनि भन्ने गरिन्छ । एलडीएलले कोलेस्ट्रोललाई कलेजोबाट कोशिकामा पुर्‍याउने गर्छ । यसको मात्रा बढी भएमा यो कोशिकाहरुमा हानीकारक रुपमा जम्मा हुन थाल्छ । समय सागै एलडीएलले रक्तनलीलाई कडा बनाउादै जान्छ । जसका कारण रक्तप्रवाह सुचारु श्रपमा हुन सक्दैन । शरीरका करिब ७० प्रतिशत खराब कोलेस्ट्रोल हुने गर्छ । यो कोलोनरी हार्ट डिजिज तथा हृदयाघातको सबैभन्दा प्रमुख कारण मानिन्छ ।

राम्रो कोलेस्टोर र मुटुको रक्षा

जबकी एचडीएललाई राम्रो कोलेस्ट्रोल मानिन्छ । यसले मुटु सम्बन्धि रोग लाग्नबाट बचाउाछ । एचडीएलले कोलेस्ट्रोललाई कोषिकाबाट टाढा पुन कलेजोमै राख्दछ । कलेजोमा पुगेर कि त यो नष्ट हुन्छ कि विभिन्न माध्यमद्धारा शरीरबाट बाहिरन्छ ।

कोलेस्ट्रोलको सामान्य स्तर

कुनै पनि मानिसमा कोलस्ट्रोलको लेभल २०० एमजी /डिएल भन्दा कम हुनु अनिवार्य छ ।
झण्डै ८० प्रतिशत कोलेस्ट्रोलको निर्माण कलेजोद्धारा हुने गर्छ भने २० प्रतिशत कोलेस्ट्रोलको निर्माण खानाद्धारा प्राप्त हुन्छ ।

सामान्यतयाः कोलेस्ट्रोल पहेलो रंगको हुन्छ । अतिरिक्त कोलेस्ट्रोल रक्तनली पुगेमा त्यसले रक्तनलीलाई साघुरो बनाउनुका साथै कडा बनाउने गर्छ । परिणाम स्वरुप कोलेस्ट्रोका कारण मुटु सम्बन्धि विभिन्न खालका गम्भीर समस्याहरु निम्तने गर्छ ।

खराब कोलेस्ट्रोलको लक्षण|

-आलस्यता
-थकान महसुस हुनु
-कमजोरी महसुस हुनु
-मोटोपना बढ्नु
-सास लिनमा कठिनाई उत्पन्न हुनु
-अधिक मात्रामा पसिना आउनु
-बेचैनी हुनु
-छाती दुख्नु
-रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा आाखाको दाायावााया, तलमाथि सेतो दाग देखा पर्नु । जुन वंशाणुगत कारणले हुने गर्छ ।

यसकारण हुन्छ खतरा

-परिवारमा कसैलाई उच्च कोलेस्ट्रोल भएमा वा कसैलाई मुटु सम्बन्धि दीर्घकालीन रोग भएमा
-मधुमेह, उच्च रक्तचाप, हाइपरटेन्सन, मउगौला सम्बन्धि समस्या, कलेजो सम्बन्धि समस्या, हाइपर थाइराईडिज्म छ भने
-महिनावारी छिटै रोकिएको महिलाहरुमा
-उमेर बढेमा
-महिलाको तुलनामा पुरुषमा कोलेस्ट्रोल उच्च हुने जोखिम हुने

कोलेस्ट्रोलबाट बच्ने उपाय

१. रातो मासुको सेवन कम गर्ने । रातो मासुको सट्टामा माछाको सेवन धेरै गर्ने
२. घिउ,बटर, नौनी, चीज लगायत जनावर सित सम्बन्धित एनिमल फैट कम सेवन गर्ने
३. लेस्ट्रोल भित्र ट्राईग्लिसिराईड हुन्छ ।कार्बोहाइड्रेटले ट्राईग्लिसिराईडको मात्रा बढाउने हुदाा त्यस्ता खानेकुरा सकभर कम खाने
४. गुलियो तथा मिठाईबाट बसेका परिकारमा कार्बोहाइड्रेटको मात्रा बढी हुने भएकोले त्यस्ता खानेकुरा सकेसम्म कम सेवन गर्ने
५. मुटु रोग तथा कालेस्ट्रोल लेभर उच्च हुनका हकमा त्यस सम्बनिध औषधी नियमित रुपमा सेवन गर्ने
६. मासुको तुलनामा फलफूल, हरिया साजसब्जी अधिक मात्रामा सेवन गर्ने
७. बोसो तथा छालायुक्त मासुको सेवन कम मात्रामा गर्ने
८. निन्द्रा पुरा गर्ने
९. जाँड, रक्सीको सेवन नगर्ने
१०. रेसादार तथा फाइबरयुक्त खानेकुरा अधिक मात्रामा सेवन गर्ने

कालेस्ट्रोल बढ्नुको प्रमुख कारण

– खानपान
-बद्लिदो जीवनशैली
-वंशाणुगत
-इन्जाइम समस्याका कारण्

(लेखक ओम अस्पताल तथा रिसर्च सेन्टर, चावहिलका चिकित्सक हुन्)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?