+
+
Shares

वीरगञ्जका नवनिर्वाचित मेयर भन्छन्- ५० वर्षमा नभएको विकास पाँच वर्षमै गर्छु

 महेश दास महेश दास
२०७४ असोज ११ गते २०:३२

११ असोज, वीरगन्ज । वीरगञ्ज महानगरपालिकाका नबनिर्वाचित मेयर विजय कुमार सरावगीले सबैको साथ लिएर समग्र वीरगन्जको बिकास गर्ने बताएका छन् । उनले बदलाको राजनीति नगर्ने प्रतिवद्धता पनि जनाए ।

संघीय समाजवादी फोरमबाट वीरगञ्ज महानगरपालिकाको मेयर निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले नेताहरुले वीरगञ्जको विकास नगरेकाले बाध्य भएर आफू राजनीतिमा आउनु परेको बताए ।

उनले भने, ‘बिगतमा जितेर गएकाहरुले विकास नगरेकाले हामी ब्यापारी बाध्य भएर राजनीतिमा आएका हौं । ५० वर्षमा नभएको विकास पाँच वर्षमा गरेर देखाउँछु ।’

मेयरको हैसियतमा पाउने तलव सुविधा र गाडी नलिने बताउँदै उनले सो बापत आउने रकम बालबालिका र एकल महिलाको जीवनस्तर उकास्नमा खर्च गर्ने घोषणा पनि उनले गरे । उनले आफ्नै निजी गाडी प्रयोग गर्ने बताए ।

मेयर सरावगीले बिग्रेका सडक र नाला तीन महिना भित्र मर्मत गर्ने, नगर सरसफाइ गर्ने, तीन सय शय्याको नारायणी उपक्षेत्रीय अस्पताललाई १२ सय शय्याको बनाउने, वीरगन्ज विश्वविद्यालय बनाउने, सबै सरकारी सामुदायिक विद्यालय अंग्रेजी माध्यमबाट पढाइ हुने व्यवस्था मिलाउने घोषणा पनि उनले गरे ।

छोरीहरुलाई विधालयमा विशेष प्राथमिकता दिने, सिर्सिया नदी दुबैतिर ४० फिट चौडा सडक र नाली बनाउने, स्याटलाइट सिटी बनाउने, नगरका हरेक महिलालाई रोजगार दिने, १० लाख वृक्ष रोप्ने, महानगरपालिकामा सरकारी कामकाजको भाषा भोजपुरी बनाउने र हरेक वडामा योग सेन्टर बनाएर दुई जना योग शिक्षक राख्ने घोषणा पनि उनले गरे ।

एक प्रश्नको उत्तर दिँदै उनले वीरगन्जको मेनरोड आवश्यकता अनुसार सहमतिमा बिस्तार गर्ने र प्रदेशको राजधानी वीरगन्जलाई बनाउन पहल गर्ने पनि बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?