Comments Add Comment

कोलेस्टेरोल र मुटु रोगी

स्वस्थ जीवनशैलीका लागि कोलेस्टेरोलको आवश्यकता नभएको होइन । रगतमा पाइने बोसोको मात्रा नै कोलेस्टेरोल हो, जुन अत्यधिक भएमा सीधा असर रक्तनली र मुटुमा पर्छ ।

तथापि, कोलेस्टेरोलले हाम्रो शरीरका कोषिकालाई जीवित राख्न मद्दत गर्छ । ब्लड प्लाज्माद्वारा कोलेस्टेरोल शरीरका विभिन्न अंगमा पुग्छ ।

कोलेस्टेरोल दुई प्रकारका हुन्छन् । एलडीएल -लो डेन्सिटी लिपोप्रोटिन) र एचडीएल (हाई डेन्सिटी लिपोप्रोटिन) ।

एलडीएललाई खराब कोलेस्टेरोल पनि भन्ने गरिन्छ । एलडीएलले कोलेस्टेरोललाई कलेजोबाट कोशिकामा पुर्‍याउँछ । यदि यसको मात्रा बढी भएमा कोशिकाहरुमा हानीकारक रुपमा जम्मा हुन थाल्छ ।

समयसँगै एलडीएलले रक्तनलीलाई कडा बनाउँदै जान्छ, जसका कारण रक्तप्रवाह सुचारु रुपमा हुन सक्दैन । शरीरमा करिब ७० प्रतिशत खराब कोलेस्टेरोल हुने गर्छ । यो कोलोनरी हार्ट डिजिज तथा हृदयघातको सबैभन्दा प्रमुख कारण मानिन्छ ।

एचडीएल राम्रो कोलेस्टेरोल हो । यसले मुटुसम्बन्धि रोग लाग्नबाट बचाउँछ । एचडीएलले कोलेस्टेरोललाई कोषिकाबाट टाढा पुग्न नदिई कलेजोमै राख्छ । कलेजोमा पुगेर कि त यो नष्ट हुन्छ कि विभिन्न माध्यमद्वारा शरीरबाट बाहिरन्छ ।

सामान्य स्तर

मानिसमा कोलेस्टेरोलको मात्रा दुई सय एमजी/डीएलभन्दा कम हुनु अनिवार्य छ । करिब ८० प्रतिशत कोलेस्टेरोलको निर्माण कलेजोले गर्छ । २० प्रतिशत भने खानाको माध्यमबाट प्राप्त हुन्छ ।

सामान्य कोलेस्टेरोल पहेलो रंगको हुन्छ । अतिरिक्त कोलेस्टेरोल रक्तनलीमा पुगेमा त्यसले रक्तनलीलाई साँघुरो बनाउनुका साथै कडा पनि बनाउँछ । त्यसका कारण मुटुसम्बन्धि विभिन्न समस्या निम्तिन्छन् ।

आलस्यता, थकान महशुस, कमजोरी अनुभव, मोटोपना बढ्नु, सास फेर्न कठिनाइ, अधिक मात्रामा पसिना आउनु, बेचैनी, छाती दुख्नु यसका लक्षण हुन् ।

रगतमा कोलेस्टेरोलको मात्रा उच्च भएमा आँखाको दायाँबायाँ, तलमाथि सेतो दाग देखा पर्छ, जुन वंशाणुगत कारणले हुने गर्छ ।

परिवारमा कसैलाई उच्च कोलेस्टेरोल भएमा वा मुटुसम्बन्धि दीर्घकालीन रोग भएमा, मधुमेह, उच्च रक्तचाप, हाइपरटेन्सन, मृगौला र कलेजोसम्बन्धि समस्या, हाइपर थाइराइडिजम छ भने वंशाणुगत हिसाबमा रोग देखिन सक्छ ।

महिनावारी छिटै रोकिएका महिला र उमेर बढ्दा पनि समस्या आउन सक्छ । महिलाको तुलनामा पुरुषमा कोलेस्टेरोल उच्च हुने जोखिम रहन्छ ।

रातो मासुको सेवन कम गर्नुको विकल्प छैन । त्यसको साटो माछा सेवनबाट खराब कोलेस्टेरोल घटाउन सकिन्छ ।

घ्यू, बटर, नौनी, चिजलगायत जनावरजन्य फ्याटको प्रयोग कम गर्नु पर्छ ।

कालेस्टेरोलभित्र ट्राइग्लिसिराइड हुन्छ । कार्बोहाइड्रेटले ट्राइग्लिसिराइड बढाउने हो । गुलियो र मिठाइका परिकार कम खानु पर्छ । तिनमा कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ ।

फलफूल र हरिया साजसब्जीको उपभोग बढाउनु पर्छ । बोसो र छालायुक्त मासुुको सेवन कम गर्नु पर्छ । निद्रा पुरा गर्नु पनि यसबाट बच्ने उपाय हो ।

जाँड , रक्सीको सेवन गर्दै नगर्ने । रेसादार र फाइबरयुक्त खानेकुरा अधिक मात्रामा सेवन गर्ने ।

(जोशी ओम अस्पताल तथा रिसर्च सेन्टरका चिकित्सक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment