+
+
Shares

यी हुन्, दशैंमा सेल्फी खिच्ने १० उपाय

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १४ गते १९:११

काठमाडौं । परिवार, आफन्तजन तथा साथीभाइसँगको भेटघाट र रमझमको पर्व हो, दशैं । उत्सवका बीच खिचिने तस्बिरमार्फत जीवनका महत्वपूर्ण पलहरुलाई स्मरणमा ताजा राख्ने इच्छा सबैमा हुन्छ ।

बजार स्मार्टफोनले पिटेको छ । जमाना नै स्मार्टफोनको जस्तो बनेको छ । त्यसैले उत्सवसँगै ‘सेल्फी’ र ‘विफी’ अनिवार्य बनेका छन् । फोटोग्राफी यी टर्मिनोलोजीले नयाँ ‘ट्रेन्ड’ स्थापित गराएका छन् ।

दशैं मनाउँदा अन्य उत्सवमा जस्तो व्यावसायिक फोटोग्राफर बोलाउन सकिने सम्भावना कमै रहन्छ । फोटोग्राफी नै पकेटोग्राफीमा परिणत हुँदै गएको छ, आजकाल । सबै ‘फेस्टिभ मुड’मा रहने भएकाले व्यावसायिक फोटोग्राफर सहजै उपलब्ध हुँदैनन् । आफूसँग उपलब्ध साधनबाटै अविस्मरणीय पलहरुलाई कैद गर्न कसले छुटाउला र !

तर, तस्बिरहरुलाई उत्कृष्ट बनाउने ज्ञान सबैमा नहुन सक्छ । त्यसैले, स्मरणीय पलका तस्बिर फिक्का र निरस हुन सक्छन् ।

फोटोग्राफी केवल प्रविधिको खेल मात्र होइन, एक कला पनि हो । चाहे स्मार्टफोन होस् वा क्यामेरा, उत्कृष्ट फोटो खिच्न तिनको क्षमतासँगै खिच्ने सीप पनि आवश्यक पर्छ ।

सामान्य कुरामा मात्र ध्यान दिन सकियो भने पनि हातको स्मार्टफोनबाटै यो दशैंमा उत्कृष्ट तस्बिर खिच्न सकिन्छ । ध्यान दिन सकिएन भने खिचिएका तस्बिर डिलिट गरेर मात्र नयाँ खिच्नुपर्ने अवस्था आउन सक्छ । त्यसका लागि केही महत्वपूर्ण टिप्सबारे जानी राखौं-

सफा लेन्स

धेरैले फोनको स्त्रिmनको सफाइमा ध्यान दिएका हुन्छन् । तर, फोटो खिच्ने लेन्सको सफाइमा कमैको ध्यान जान्छ । फोनलाई सधैंजसो गोजीमा राख्ने र झिक्ने गरिएको हुन्छ । त्यसका कारण क्यामेराको लेन्समा फोहोर जम्मा भएको हुनसक्छ ।

त्यसैले खिच्नुअघि स्मार्टफोन क्यामेराको लेन्स सफा गर्नुस् । यसले तपाईंको तस्बिर उत्कृष्ट बनाउन ठूलो भूमिका निर्वाह गर्छ ।

क्यामेरा एप

हिजोआज एप र गुगल स्टोरमा पर्याप्त क्यामेरा एपहरु छन्, जसले तस्बिरलाई सुन्दर बनाउन सघाउँछन् ।

स्मार्टफोन खरिद गर्दा नै राखिएको इनबिल्ट क्यामेरा एप पनि पर्याप्त नहुने होइन । तर, अझ उत्कृष्ट तस्बिर खिच्ने हो भने अन्य एप पनि इन्स्टल गर्न सकिन्छ ।

ब्युटी प्लस, क्यामेरा प्लस, म्यानुअल, प्रो-क्यामेरा, क्यामेरा जुम एफएक्स र क्यामेरा-३६० जस्ता थर्ड पार्टी क्यामेरा एप उत्कृष्ट तस्बिरका लागि उपयुक्त हुन सक्छन् ।

धैर्य र एंगलिङ

स्मार्टफोन फोटोग्राफी तीव्र गतिको फोटोग्राफी मानिन्छ । यसमा क्यामेरा तेस्र्याउने, एंगल मिलाउने, आँखा मार्ने झण्झट हुँदैन । तर, यसो भन्दैमा स्मार्टफोनबाट हतारमा तस्बिर खिच्दा गुणस्तर बिग्रिन्छ ।

त्यसैले नहतारिइकन केही सेकेन्ड खर्चिनुस् । कम्पोजिसन ठीक छ, फ्रेमभित्र सबै आवश्यक वस्तु परेका छन् भन्ने कुरामा ध्यान दिनुस् ।

यस्तै, लाइट तथा एंगल पनि मिलाउनुहोस् । यसो गर्दा केही सेकेन्ड बढी समय लाग्नसक्छ । त्यसले तस्बिरको गुणस्तरमा नाटकीय सुधार आउँछ । आत्मविश्वास मूख्य कुरा हो । सोच्नुस्, आज उत्कृष्ट तस्बिर खिच्दैछु ।

फ्रेम र कम्पोजिसन

एउटै तस्बिरमा धेरै चिज अटाउने प्रयास आत्मघाति हुन्छ । तस्बिरलाई बढी सुन्दर बनाउने बहानामा धेरै चिजलाई प|mेममा ल्याउने दुष्प्रयास नगर्नुस् ।

कुन कुरालाई फोकस गर्ने हो, क्षितिज र तस्बिरमा सामेल गराउने वस्तुहरुको संयोजन र स्थान मिलाउन ध्यान दिनुन् ।

खिच्न खोजेका चिजहरु तस्बिरको पिँधमा र त्यसभन्दा धेरै क्षितिज वा आकाशको भाग आएको तस्बिरको औचित्य हुँदैन ।

कहिलेकाहीं खिचिसकेको तस्बिरलाई क्रप गरेरसमेत कम्पोजिसन मिलाउन सकिन्छ ।

जुम र क्वालिटी

अधिकांश स्मार्टफोन क्यामेरामा अप्टिकल जुमको फिचर हुँदैन । स्मार्टफोनबाट तस्बिर खिच्दाको सबैभन्दा ठूलो समस्या भनेकै यही हो ।

त्यसैले जुम गरेर खिचिएका तस्बिर र श्रव्यदृष्य सामग्रीमा धमिलो र फिकापन महशुस हुन्छ । त्यसको साटो तस्बिरको वस्तुलाई ठूलो बनाउन पछि क्रप गरे हुन्छ ।

तर, याद गर्नुस्, जति धेरै क्रप गर्‍यो उति नै तस्बिरको गुणस्तर कम हुन्छ । त्यसको साटो सकेसम्म नजिक गएर तस्बिर खिच्नु नै बुद्धिमानी हुन्छ ।

फ्ल्यासको संयोजन

स्मार्टफोनको फ्ल्यास सधैं अन नराख्दा राम्रो हुन्छ । पर्याप्त प्रकाश भएको ठाउँमा स्मार्टफोनबाट तस्बिर खिच्दा फ्ल्यास अफ गर्नाेस् ।

अनावश्यक फ्ल्यासले तस्बिरमा अनावश्यक छाया पार्छ । रंग नै बिगार्ने र परावर्तनका कारण तस्बिरलाई झिरमिर पार्ने जोखिम हुन्छ ।

एचडीआर मोड

स्थिर चिजको तस्बिर खिच्नुछ भने एचडीआर अर्थात् हाइडाइनामिक रेन्ज मोड सबैभन्दा उपयुक्त हो । यो मोडले तस्बिरमा प्रकाश र छाया समान छ कि छैन भन्ने मिलाउँछ ।

धेरै चम्किलो र प्रकाशवाला वस्तुको तस्बिर लिँदा पनि यही मोड उपयुक्त हुन्छ । यो प्रविधिले वास्तवमा अलग-अलग एक्सपोजरका दुई तस्बिर खिचेर त्यसको उत्कृष्ट भाग मिलाई एउटा तस्बिर बनाउँछ । यसका लागि क्यामेरा पूरै स्थिर राख्नु आवश्यक हुन्छ ।

राइट फोकस

स्मार्टफोनबाट तस्बिर खिच्दाका बखत जुन वस्तुलाई कैद गर्न लागिएको हो, त्यसैलाई फोकस गर्नुपर्छ ।

स्मार्टफोन क्यामेरा एपमा रिफोकसको सुविधा छ भने खिचिसकेपछि पनि बढी महत्व दिनुपर्ने वस्तुलाई फोकसमा ल्याउन सक्नुहुन्छ ।

टचस्क्रिन कि बटन ?

ल्याडस्केप मोडमा तस्बिर खिच्न स्मार्टफोनको भोल्युम बटन वा क्यामेरा बटनको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसो गर्दा हात हल्लिँदैन । टचस्त्रिmनको बटनमा क्लिक गरिरहँदा हात हल्लिएर स्मार्टफोन पनि हल्लिन पुग्छ, जसका कारण गुणस्तरमा असर पुग्छ ।

तपाईंको फोनमा छुट्टै क्यामेरा बटन छैन भने सेटिङमा गएर हेर्नोस्, भोल्यूम बटनलाई क्यामेरा सटरका रुपमा प्रयोग गर्न सकिन्छ कि सकिँदैन ।

फोनमा उक्त फिचर रहेनछ भने पनि चिन्ता नगर्नुस्, गुगल प्ले स्टोरमा यस्ता थुप्रै एन्ड्रोइड एप छन्, जसलाई इन्स्टल गरी तपाईंले आफ्नो भोल्यूम बटनलाई क्यामेरा बटनको रुप दिन सक्नुहुन्छ ।

फिल्टरको प्रयोग

तस्बिर खिचिसकेपछि त्यसलाई अझै सुन्दर बनाउन फोटो फिल्टरको प्रयोग गर्न सकिन्छ । यसले तस्बिरको छाया बदल्न, एकैनासको बनाउन तथा पृष्ठभूमि र मूख्य भागलाई छुट्याउन सहयोग गर्छ । यसले तस्बिरलाई अझ सुन्दर बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?