Comments Add Comment

दुर्घटनामा परी साउदी अरबमा नेपालीको मृत्यु

१६ असोज, कञ्चनपुर । दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ ।

साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्ष अघिदेखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको नगरपालिका–१२ का वडाध्यक्ष वाले रानाले बताए। ‘घरको कमाउने एक्लो व्यक्तिको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ,’ उनले भने ।

वीरबहादुरसँगै काम गर्दै आएका नेपालीले उनको घरमा दुर्घटनामा परी मृत्यु भएको जानकारी दिएको अध्यक्ष रानाले बताए । मृतकको कमाईमा आमा, बुबा, श्रीमती, नाबालक छोरा र दुईजना छोरी आश्रित रहेका थिए । ‘मृतको शव स्वदेश ल्याउनका लागि पहल गरिरहेका छौँ’, अध्यक्ष रानाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment