Comments Add Comment

क्याटेलोनियामा जनमत संग्रहः ९० प्रतिशत मत स्पेनबाट अलग हुने पक्षमा

१६ असोज, काठमाडौं । क्याटेलोनियामा भएको जनमत संग्रहमा ९० प्रतिशत मत स्पेनबाट अलग हुने पक्षमा खसेको छ । स्पेनले भने यसलाई असंवैधानिक भनेको छ ।

क्याटेलोनियाका शीर्ष नेता कार्लस पुजिमोन्टले दाबी गरेका छन् कि अब क्याटेलोनियालाई स्वतन्त्र देशको रुपमा अस्तित्वमा आउने अधिकार प्राप्त भएको छ । उनका अनुसार जनमत संग्रहमा प्राप्त मतलाई अब क्याटेलोनियाको संसदमा पठाइने छ ।

उनले भनेका छन्, ‘आशा र कष्टको यस घडीमा क्याटेलोनियाका नागरिकहरुले गणतन्त्रको रुपमा एक स्वतन्त्र राष्ट्रको अधिकार प्राप्त गरेका छन् । त्यसैले मेरो सरकार केही दिनभित्रै मतपरिणामलाई क्याटेलोनियाको संसदमा पठाउनेछ ताकि जनमत संग्रहको कानुनअनुसार काम हुन सकोस् ।’

स्पेनले भने यस जनमत संग्रहलाई अवैध भनेको छ । प्रधानमन्त्री मारियानो रहोइनले क्याटेलोनियाका अधिकतम जनता स्पेनबाट अलग हुन नचाहेको दाबी गरेका छन् । उनले भनेका छन्, क्याटेलोनियामा स्वतन्त्रताको लागि जनमत संग्रह भएको छैन । स्पेनमा हामी सबैले देखेका छौं हाम्रो कानुन आफ्नो ताकत र वैधता राख्दछ । यसले उसको सामना गर्नेछ जसले त्यसलाई तोेड्न खोज्दछ । र, ति व्यक्तिहरुविरुद्ध प्रतिक्रिया जनाउँछ जो यसलाई नष्ट गर्ने कोशिश गर्दछन् । आज हामी एक आम सहमति होइन बरु लोकतन्त्रविरुद्धको रणनीतिको नयाँ घटनाको साक्षी बनिरहेका छौं ।

८ सय जना घाइते

क्याटेलोनियामा आइतबार जनमत संग्रह भएको थियो । त्यसलाई रोक्न स्पेनको केन्द्र सरकारले बल प्रयोग गरेको थियो । सो क्रममा प्रहर र मतदाताहरुबीच झडप हुँदा ८ सय भन्दा बढी घाइते भएका थिए ।

कयौं मतदान केन्द्र बन्द गराइएको थियो भने मतदाताविरुद्ध मुद्दा दर्ता गरिएको थियो । यद्यपी क्याटेलोनियाका जनताको आक्रोश थामिएन र हिंसाको बीचमै जनमत संग्रह सम्पन्न भयो । उनीहरुले राजधानी बार्सिलोनामा एक विशाल र्याली आयोजना गरेर राष्ट्रिय गान समेत गाएका थिए ।

अन्तर्राष्ट्रिय पर्यवेक्षक असन्तुष्ट

स्पेनको केन्द्र सरकारले जनमत संग्रहलाई असंवैधानिक बताए पनि क्याटेलोनिया प्रशासनले भने यसमा आफूहरुको जीत भएको बताएको छ । तर जनमत संग्रहको निगरानीका लागि बोलाइएका अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले भने स्पेनको निन्दा गरेका छन् ।

व्रिटिश पर्यवेक्षक डगलस च्यापमेनले भने, स्पेन युरोपीय युनियनमा एक बहुत महत्वपूर्ण लोकतान्त्रिक आधुनिक देश हो । यसको साथ ठूलो जिम्मेवारी छ । मलाई लाग्छ जसरी उसले भोटिङमा हेरफेर गर्ने कोशिश गर्यो, यो बडो दुःखद छ ।’

क्याटेलोनियाको दाबी छ कि सो क्षेत्रका ४० प्रतिशत जनताले जनमत संग्रहमा भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment