१६ असोज, काठमाडौं । एमालेको प्रतिनिधि सभा काठमाडौं ४ नम्बर क्षेत्रीय समन्वय कमिटीले केन्द्रीय सदस्य राजन भट्टराईलाई उक्त क्षेत्रको सांसद उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस युवा नेता गगन थापाले चुनाव लड्ने क्षेत्र पनि त्यही हो ।
उनी हाल नेपाल-भारत प्रबुद्ध समूहका सदस्य तथा एमालेका समानुपातिक सांसद छन् ।
लन्डन विश्वबिद्यालयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडीबाट अन्तर्राष्ट्रिय राजनीति तथा कूटनीतिक अभ्यासमा स्नातकोत्तर उत्तीर्ण भट्टराईले नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् ।
बिद्यार्थी राजनीति हुँदै एमाले राजनीतिमा प्रवेश गरेका हुन्, उनी । एमाले विदेश विभाग सचिव, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको विदेश मामिला सल्लाहकार भट्टराई अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिका विज्ञ पनि हुन् ।
प्रतिक्रिया 4