१८ असोज, नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले दिगो शान्ति, समृद्धि र संविधानको कार्यान्वयनका लागि सबै दलबीच सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
नवलपरासीको देवचुलीमा नेपाली कांग्रेस देवचुली नगरकार्य समितिद्वारा मंगलबार आयोजित चियापान तथा शुभकामना कार्यक्रममा बोल्दै नेता कोइरालाले कांग्रेस निर्णायक शक्ति बन्न नसकेकाले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसकिएको जिकिर गरे ।
सोही अवसरमा बोल्दै महामन्त्री कोइरालाले यसका लागि आशन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि सहयोग गर्न सबैलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4