+
+
Shares

कंगनाले यति भद्दा म्यासेज पठाएकी थिइन् ऋतिकलाई

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १८ गते १२:४३

ऋतिक रोशन र कंगना रनवटबीचको वाकयुद्ध उत्कर्षमा पुग्दैछ । यसअघि कंगनाले नानाथरी गाली गरेपनि ऋतिक चुप थिए । यसपाली भने उनले मुख खोलेका छन् । उनले कंगना बिरुद्ध २९ पेजको अभियोग दर्ता गराएका छन् । यसमा आरोप छ कि, कंगनाले उनलाई भद्दा इमेल गर्थिन् ।

ऋतिकका वकिल महेश जेठमलानीले मुम्बई क्राइम ब्रान्चमा अभियोग दर्ता गराएका हुन् । ऋतिकले आफ्नो फोन र ल्यापटप पनि प्रहरीलाई बुझाएका छन् ।

कंगनाले ऋतिकलाई आफ्नो इन्टरनल लभर बताउँने गरेकी थिइन् । भनिहालौ, कंगना र ऋतिकको विवाद त्यसबेला सुरु भयो, जब ऋतिकले अन्तवार्ताको क्रममा कंगनालाई ‘सिल्ली एक्स’ भने ।

– भनिन्छ, २९ पेजको अभियोग पत्रमा बर्थ डे पार्टीदेखि ऋतिक र कंगनाको रिलेशनसिपबारे समेत खुलाइएको छ ।

– अभियोगमा लेखिएको छ कि, ऋतिकले कंगानाको सबै इमेललाई बेवास्ता गरेका थिए । यसका साथै उनले कंगनालाई सेक्सुअल मेल पठाएको पनि आरोप लगाएका छन् ।

यसरी भएको थियो कंगना र ऋतिकको भेट

– जनवरी २००९ मा ऋतिक रोशन पहिलो पटक कंगनासँग फिल्म ‘काइट’को सेटमा भेट भएको थियो । त्यसबेला उनीहरुबीच परिचय बाहेक अरु केहि भएन । उनीहरु व्यवसायिक मर्यादामा थिए ।

– २०११ मा कंगनाले वर्थ डे पार्टीमा ऋतिकलाई निम्तो दिए । त्यस पार्टीमा उनका सय जति नजिकका मित्र आएका थिए । त्यसपछि उनीहरुले एकअर्काको पार्टीमा निम्नो गर्न थाले । र, आपसमा नजिकिए ।

– पछि कंगना र ऋतिक निर्देशक करण जौहरको बर्थ डे पार्टीमा पुगे । त्यसबेला कंगनाको फिल्म ‘क्विन’ चलेको थियो । त्यसैको सफलताको लागि ऋतिकले कंगनालाई बधाई दिए ।
– तर, कंगनाले भनिन्, ‘तपाईले यो फिल्म हेरिसक्नु भएको छ, मलाई मेल पठाएर मेरो तारिफ गरिसक्नुभएको छ ।’

– ऋतिकले भने उक्त फिल्म नहेरेको र आफुले कुनैपनि मेल नपठाएको बताए ।

– त्यसको अर्को दिन अर्थात २५ मे २०१४ जब ऋतिक बिहान उठे, उनले आफ्नो मेल बक्समा हिन्दीमा एकदमै भद्दा म्यासेज देखे । यो सबै म्यासेज रातको २ देखि ४ बजेभित्र कंगनाको मोबाइल नम्बरबाट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?