Comments Add Comment

जापानीहरु किन लामो आयु बाँच्छन् ? यस्तो छ रहस्य

संसारमा सबैभन्दा लामो आयु कुन देशका बासिन्दाको छ ?

जबाफ, जापान ।

कसरी ?

यसको जवाफ भने एक वाक्यमा टुंगिदैन ।

विश्वमै सबैभन्दा लामो आयु बाँच्नेमा जापानका बासिन्दा पहिलो नम्बरमा छन् । जापान एक यस्तो देश हो जहाँ एक पुरुष औसत ८० बर्ष सम्म बाँच्छन् भने महिला औषत ८६ बर्षसम्म । यो औसत आयु अन्य मुलुकको भन्दा बढी हो । आखिर के कारणले उनीहरुले यति लामो समय बाँच्छन् त ?

उनीहरुको यो सेक्रेट हाम्रो लागि अनुकरणिय हुनसक्छ । खासमा जापानीहरुको जीवनशैली, खानपान, चिन्तन जसलाई हामीले पच्छ्याउन सक्छौ । स्वस्थ्य जीवनको सुत्र उनीहरुबाट सिक्न सक्छौ ।

अध्ययनले के भन्छ ?

जापानीहरुको लामो आयुको राज जान्नका लागि दुनियाभरमा धेरै अध्ययन भएका छन् । उक्त अध्ययनबाट के तथ्य बाहिर आएको छ भने, त्यस्तो कुनै रहस्य छैन । खासगमा उनीहरुले आफ्नो शरीरको लागि राम्रो डाइट र राम्रो लाइफस्टाइलबीच एक यस्तो कम्बिनेशन बनाएको हुन्छ कि, जसले उमेर लामो हुन्छ । सामान्यतः धेरै जापानी सय बर्ष भन्दा बढी बाँच्छन् । ६० बर्षमा त उनीहरु जवान नै हुन्छन् । कारण के त ?

जापानीको आयु लामो हुनुको कारण

नियमित व्यायाम– जापानको प्रत्येक घरको नियम यस्तो हुन्छ कि, उनिहरुको परिवारका सदस्यले योग, मार्शल आर्टको कक्षा लिनैपर्छ । बच्चा उमेरदेखि यसरी उनीहरु व्यायाममा अभ्यस्त हुन्छन् । यसले उनीहरुको शरीर फूर्तिलो र तन्दुरुस्त हुन्छ । उनीहरु पाको उमेरमा समेत व्यायाम गर्न छु्टाउँदैनन् । यहि कारण जापानीहरु लामो आयुको हुन्छन् ।

खुलेर हाँस्नु– खुलेर हाँस्नु कुनै औषधीभन्दा कम होइन । उन्मुक्त हाँसो प्राकृतिक औषधी हो, जसले धेरै रोग लाग्न दिदैन । यसले डिप्रेसन र निरासाबाट मुक्ति मिल्छ । जब खुलेर हासिन्छ, रोग प्रतिरोधात्मक क्षमता बढ्छ । जापानीहरुको हाँस्ने बानी नै हो ।  हरेक दिन कम्तिमा १५ मिनेट खुलेर हाँस्नुपर्छ । अध्ययनहरुबाट के तथ्य बाहिर आएको छ भने, उन्मुक्त हाँस्दा ८ बर्ष भन्दा बढी थप उमेर बढ्छ ।

मासु होइन, माछा – हामी माछा र मासुलाई एकै ठाउँमा राखेर हेर्छौ । तर, यी दुबैमा पाउने पोषक तत्व फरक फरक हुन् । जापानीहरु रातो मासु सेवन सकेसम्म गर्दैनन् । बरु, माछा सेवन गर्छन् । यसले गर्दा उनीहरुको शरीरमा पोषणको कमी हुन पाउँदैन । माछाबाट उनीहरु भिटामिन, तेल र न्युटि्रएन्ट्सको लेभल बढ्छ । यसले गर्दा मुटुको रोग पनि लाग्दैन ।

जिन्दगीलाई राम्ररी भोग गर्नु

उनीहरु खराब हालतमा पनि खुसी रहन जानेका हुन्छन् । उनीहरु अर्काको लडाई, झगडा वा बेकारको कुरा, चिन्ता लिदैनन् । शान्तिपूर्ण जीवन विताउने प्रयास गर्छन् । सामाजिक सेवामा अग्रसर हुन्छन् । यसले उनीहरुलाई सधै सकारात्मक रहन मद्दत गर्छ । सकारात्मक सोंच, चिन्तनले शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने नै भयो ।

जडीबुटीको सेवन– जापानीहरु सकेसम्म एलोपेथिक औषधीमा निर्भर हुँदैनन् । उनीहरु जडीबुटी वा प्राकृतिक उपचारमै बढी विश्वास गर्छन् । र, त्यस्तै विधी अपनाउँछन् ।

नियन्त्रित खानपान – लामो आयु बाँच्ने एक व्यक्तिले भनेका थिए, ‘थोरै खाउँ, लामो जीवन बाँच ।’ जापानीहरुले यहि कुरालाई आत्मसात गरेका हुन्छन् । उनीहरु एकै पटकमा अधिक खाना खाँदैनन् । आफुलाई भोक लागेको भन्दा पनि कम खानेकुरा सेवन गर्छन् । अध्ययनबाट प्रमाणित भएको छ कि, भोक लागेको भन्दा कम खाना ग्रहण गर्दा उसको उमेर क्रमस बढ्दै जान्छ ।

सफाईमा ध्यान

जापान विश्वकै यस्तो देश हो, जहाँ सरसफाईमा एकदमै ध्यान दिइन्छ । उनीहरु सामान्य कुराको सरसफाईमा समेत लापरबाही गर्दैनन् । सरसफाईको सवालमा एकदमै संवेदनसिल हुन्छन् ।

नराम्रो बानी परहेज

धुमपान, मदिरा, नुनयुक्त खानेकुरा जरुरत भन्दा बढी सेवन गर्दैनन् । यस्ता नराम्रो बानी उनीहरुमा हुँदैन ।

सब्जीको सेवनमा जोड

जापानीको थालमा आधा खाद्या पदार्थ छ भने आधा हरियो सब्जी हुन्छ । त्यसबाहेक उनीहरु विभिन्न प्रकारका दाल सेवन गर्छन् । उनीहरु मिक्स भेज खान रुचाउँछन् । यसमा एन्टिअक्सिडेन्ट र फाइटोकेमिकल्स पाइन्छ, जसले गर्दा क्यान्सर, मुटुको रोग आदि हुँदैन ।

लामो समय सक्रिय

जापानमा अवकास हुनका लागि कुनै उमेर छैन । ६० बर्षपछि पनि उनीहरु काम गर्न रुचाउँछन् । उनीहरु घरमा बस्न र धेरै सुत्न रुचाउँदैनन् । कुनै न कुनै काममा आफुलाई व्यस्त राख्छन् ।

तारेको होइन, उसिनेको खानेकुरा

जापानीको परिकार तारेको भन्दा बढी उसिनेको हुन्छ । वा बाफमा पकाइएको हुन्छ । धेरै तेल र नुनको प्रयोग नगरेकाले उनीहरु स्वस्थ्य हुन्छन् । जापानी आफ्नो भोजनमा तेल र मसलाको प्रयोग कम गर्छन् ।

गहिरो निन्द्रा

जापानी गरिरो निन्द्रा लिने अभ्यास गर्छन् । उनीहरु हरेक दिन कम्तिमा आठ घण्टा सुत्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment