Comments Add Comment

झलनाथ परेनन् एकता संयोजन समितिमा

१९ असोज, काठमाडौं । तीन पार्टीको एकता संयोजन समितिमा एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल छैनन् । सुरुमा एमालेका तर्फबाट तीन पूर्वप्रधानमन्त्री केपी ओली, माधव नेपाल र झलनाथ खनालसहित वामदेव गौतम रहने समझदारी थियो ।

तर, घोषणासभामा वितरित समझदारीपत्रमा एमालेका तर्फबाट चारजना रहने उल्लेख थियो, नाम थिएन ।

बुधबार बसेको पहिलो बैठकमा एमालेका तर्फबाट खनालको सट्टा महासचिव ईश्वर पोखरेलले प्रतिनिधित्व गरेका छन् । ‘मलाई त्यसबारे कुनै जानकारी छैन, समितिमा को–को रहने भन्ने विषयमा पार्टीमा छलफल भएको पनि छैन’, खनालले भने, ‘अध्यक्षले नै निर्णय गरेको हो भने जानकारी भएन ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment