+
+

पर्यटनमन्त्री देवलाई आयोगले सोध्यो स्पष्टीकरण, आफैं उपस्थित भएर जवाफ दिनु पर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १९ गते १६:२९

१९ असोज, काठमाडौं । निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई सरुवा गरेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले मन्त्री देवलाई आयोगमा आफैं उपस्थित भई स्पष्टीकरण पेश गर्न भनेको छ ।

महानिर्देशक संजीव गौतमलाई आयोगको सहमति बिना स्वेच्छाचारी र बदनीयत ढंगले सरुवा गरेको देखिएको आयोगले बताएको छ ।

गौतमलाई ९ गते नै मन्त्रालयमा गठन भएको कार्यदलमा कामकाज गर्न जिम्मेवारी तोक्ने निर्णय गरी निज संजीव गौतमलाई पत्र पठाइएको थियो । तर, त्यही दिन मात्र आयोगमा सरुवा सहमतिका लागि पत्र लेखेर निर्वाचन आचारसंहिताको अवहेलना गरेको आयोगको ठहर छ ।

निर्णयमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत कारबाही हुनु पर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र जवाफसहित आयोगमा उपस्थित हुन नागरिक उड्डयनमन्त्रीलाई स्पष्टीकरण सोध्ने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?