Comments Add Comment

साहरुख, आमिरदेखि आलियाको व्यस्तता


भनिन्छ बलिउड कहिल्यै मौन बस्दैन । हर समय केही न केही गरि नै रहन्छ । चलचित्र प्रमोशनदेखि विवाद समेतले बलिउडलाइ चलायमान बनाइरहेको हुन्छ ।
बलिउड वादशाह मानिने साहरुख खानको कम्पनी ‘रेड चिल्ली’ अहिले विवादमा परेको छ । मुम्बइ नगर निगमले चौथो घरमा बनेको क्यान्टिन अवैध तरिकाले बनाएको दावी गरेको छ ।

आमिर खानको ‘सिक्रेट सुपरस्टार’को प्रमोशनमा ब्यस्त छन् । चलचित्र प्रमोशनको क्रममा ओभरसिज मार्केटको समेत ख्याल गर्ने आमिर गत हप्ता सिंगापुर पुगे ।
सुस्मिता सेन अहिले केहि व्यवसायिक बाचा पुरा गर्ने अभियानमा कुवेत र दुवई यात्रामा छिन् । पछिल्लो समय उनी बलिउडमा खासै सक्रिय छैनन् ।

पछिल्लो दुइ वर्षयता आलिया भट्ट निकै ब्यस्त भइन् । बलिउड एवं हलिउडका चलचित्रमा काम गर्नु त छ नै, केहि सामाजिक अभियानमा समेत जोडिएकी छिन् प्रियंका चोपडा । युनिसेफका लागि काम गर्ने सिलसिलामा अमेरिका पुगेकी प्रियंका भारतको स्किल इण्डिया क्याम्पेनसँग पनि जोडिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment