२० असोज, काठमाडौं । नेपाल प्रहरीको डीआईजीबाट राजीनामा दिएका नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा सिलवाल केपी अोलीकै गाडीमा अाएका थिए ।
सर्वोच्च अदालतबाट आइजिपी प्रकरणको मुद्दा हारेपछि नेपाल प्रहरीको डीआइजीबाट राजीनामा दिएका नवराज सिलवाल शुक्रबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमबाट एमालेमा प्रवेश प्रवेश गरेका हुन् ।
तर, उनको राजीनामा अझै स्वीकृत भएको छैन । आईजीपी बनाउन माग राख्दै हालेको मुद्दा हारेपछि सिलवालले डीआईजीबाट राजीनामा दिएका थिए ।
यसअघि बिहीबार विहान कोजाग्रत पूर्णिमाको अवसर पारेर सिलवाल अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए । उनले त्यहाँ ओलीको बिजयादशमीको टीका ग्रहण गरेका थिए ।
डीआइजी वरियतामा एक नम्बरमा रहे पनि चौथो वरियताका जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेपछि सिलवाल सर्वोच्च अदालत गएका थिए । त्यसयता उनको निरन्तर सरकारसँग संघर्ष चल्यो ।
अदालतले चन्दको नियुक्ति रोकेपछि सरकारले प्रकाश अर्याललाई आइजिपी नियुक्ति गर्यो । त्यसविरुद्ध उनी पुनः अदालत गएका थिए, जसको फैसला केही दिनअघिमात्र अदालतले गर्दैै सिलवालको रिट खारेज गरेको थियो ।
अदालतबाट न्याय नपाएपछि जनतामा जाने बताउँदै आएका उनले सोही दिन पदबाट राजीनामा दिएका थिए ।
सिलवालमाथि प्रहरी प्रमुख नबनाएपछि एमाले अध्यक्ष ओलीले अन्याय भएको भन्दै बचाउ गरेका थिए ।
प्रतिक्रिया 4