Comments Add Comment

सेनामा २७ सय जनालाई जागिरको मौका, सिपाहीदेखि सिकर्मी र ड्राइभरसम्म माग


२२ असोज, काठमाडौं । नेपाली सेनामा २७ सय पदमा भर्ना खुलेको छ । आइतबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा खुला दरखास्त आह्वान गरेको छ ।

सेनाले सहायक पण्डित हुद्दा, अमलदार, सैन्य जवान, ड्राइभर, फलोवर्स लेखा जमल्दार लगायतको २ हजार ७ सय १ पदमा दरखास्त मागेको हो । जंगी अड्डाा अन्तरगत मात्र विभिन्न ५ सय ९४ पदमा दरखास्त आह्वान गरिएको छ ।

विभिन्न पदका लागि छुट्टा-छुटै योग्यताहरु निर्धारण गरिएका छन् । सेनाले सैन्य जवान पदमा धेरै जना माग गरेको छ । यस्तै अमल्दार कुचिकार, ड्राइभर, लोहकार, धोबी, सूचिकार, केशकर्तक, चर्मकर्मी, सिकर्मी लगायत पदमा पनि सेनामा जागिर खुलेको छ ।

यी पदमाहरु आवदेन दिन कार्तिक २० गतेसम्मको सीमा दिइएको छ । सैन्य जवानका लागि कक्षा ८ पास अनिवार्य गरिएको छ भने अन्य विभिन्न सीपमूलक पदहरुमा सामान्य लेखपढ गर्न जान्नेले पनि आवेदन दिन सक्नेछन् ।

विज्ञापन हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment