Comments Add Comment

१ किलो चामलको १५ हजार !

जापानी ब्राण्ड किन्नेमाई प्रिमियमले गएको वर्षदेखि उत्पादन गरेको चामल विश्वकै सबैभन्दा महंगो चामल भएकोमा बताइराख्नु परेन । तपाई अनुमान गर्न सक्नुहुन्छ यो चामल कति महंगो छ ?

यो चामल गत वर्ष नै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भइसकेको छ । यसको मूल्य आम रुपमा प्रतिकेजी १४८ अमेरिकी डलर अर्थात करिव १५ हजार रुपैयाँ पर्छ ।

दुईमत छैन कि सिंगापुर बसोबासको दृष्टिले विश्वकै महंगो शहरमा पर्छ, र किन्नेमाई प्रिमियमले आफ्नो उत्पादन पहिलो पटक जापानबाट अन्य देशमा विस्तार गर्दैछ । यसका लागि उसले सिंगापुरलाई प्राथमिकता दिएको छ ।

सिंगापुरको द स्ट्रेट्स टाइम्सका अनुसार सिंगापुरमा यो चमल १४० ग्रामको ६ पोकालाई १५५ अमेरिकी डलर पर्ने गरी अनलाइनमा उपलब्ध हुनेछ । यति तपाई उच्च मूल्यको अनाजको स्वाद लिन चाहनुहुन्छ भने आजैबाट बचत गर्न सुरु गर्नुहोस् ।

तर, दुःखले कमाएको धन यति महंगो चमलमा खर्च गर्नुअघि यसको ब्राण्डबारे पनि जानकारी लिनुहोस् । किन्नेमाई प्रिमियम कोशिची र पिकामारुसहित पाँच चामलको मिश्रण हो । यसमा गुनमा, नागानो र निगाटा जस्ता चामलका गुणहरु मिश्रण गरिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment