Comments Add Comment

यस्तो छ दीपिका, साहिद र रणवीरको ‘पद्यमावती’ ट्रेलर


ऐतिहासिक घटनालाइ पर्दामा उतार्न माहिर मानिन्छन्, निर्देशक संजयलिला भन्साली । भन्सालीको चलचित्र पुरानो घटनाहरुसँग जोडिएका हुन्छन् । जसको क्यानभास लोभलाग्दो हुन्छ ।

डिसेम्बर १ मा रिलिज हुन लागेको चलचित्र ‘पद्यमावती’ पनि यस्तै एउटा लोभलाग्दो क्यानभासमा खिचिएको चलचित्र हो । चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । नायिका दीपिका पादुकोण शिर्ष भूमिकामा रहेको यो चलचित्रमा रणवीर सिंह र साहिद कपुर मुख्य भूमिकामा छन् ।

चलचित्रको ट्रेलरमा संवादलाइ कम स्थान दिइएको छ । तर, यसको मेकिङ ट्रेलर हेर्दा नै निकै आकर्षक देखिन्छ । विभिन्न विरोधका कारण चर्चामा रहेको यो चलचित्रले बक्स अफिसमा नयाँ रेकर्ड बनाउने अड्कल लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment