+

वेल्स रुस विश्वकपमा छनोट हुन असफल

२०७४ असोज  २४ गते ११:१२ २०७४ असोज २४ गते ११:१२
वेल्स रुस विश्वकपमा छनोट हुन असफल

रियल मड्रिडका सुपरस्टार ग्यारेथ बेलको मुलुक वेल्स सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलमा छनोट हुन असफल भएको छ । जेम्स म्याकलिनको गोलको सहयोगमा जित हासिल गर्दै रिपब्लिक अफ आयरल्याण्ड भने छनोट चरणको प्लेअफमा पुगेको छ ।

कार्डिफ सिटी रंगशालामा घरेलु टोली वेल्सले पहिलो हाफमा बलियोसँग बल नियन्त्रणमा लिएको थियो । तर आयरल्याण्डको शानदार डिफेण्डिङ र फिजिकल गेमका कारण उनीहरु गोल गर्नबाट निराश बने ।

दोस्रो हाफमा आयल्याण्डको आत्मविश्वास बढ्यो । ५७औं मिनेटमा म्याकलिनको हाफ भली शट उत्कृष्ट गोलमा परिणत हुदा वेल्स एक गोलले पछि पर्‍यो । र, त्यही गोलले वेल्सको विश्वकप सपना चकनाचुर पारिदियो ।

वेल्सले त्यसपछि आयरल्याण्डको डिफेन्स लाइन तोड्न सकेन । खेलमा राम्रा अवसरहरु सृजना हुन सकेनन् ।

यो खेलमा जसले जितेपनि प्लेअफका लागि स्थान सुरक्षित हुने थियो । त्यसमा आयरल्याण्डले बाजी मार्‍यो । त्यसोत छनौटमा वेल्सले पहिलो पराजय ब्यहोरेको हो । उसले यसअघि ४ जित र ५ बराबरी खेलेको थियो ।

यस समूह डीबाट सर्बियाले विश्वकपमा स्थान सुरक्षित गरेको छ । वेल्सले सर्वियासँग दुवै खेल बराबरी खेलेको थियो ।

सन् २०१६ को युरोकपमा वेल्सले सेमिफाइनलसम्मको एतिहासिक यात्रा तय गरेको थियो । त्यो उसको ठूला प्रतियोगितामा सबैभन्दा ठूलो उपलब्धि थियो ।

वेल्स फुटबलको गोल्डेन जेनेरेसन मानिएको यो टिम रुस विश्वकपमा छनौट भएको भए सन् १९५८ पछिको पहिलो सहभागिता हुने थियो । तर, सुपरस्टार स्ट्राइकर ग्यारेथ वेल चोटका कारण नियमित खेल्न नसकेपछि वेल्सको विश्वकप सहभागिता पूर्णबिराम लागेको छ ।

वेल्स यसअघि सन् १९७८ र सन् १९९४ को विश्वकप छनौटमा पनि अन्तिम समयमा असफल भएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय