+
+
Shares

राजपा र फोरमले काठमाडौंमा मागे ४ सीट, कुन जिल्लामा कति ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २४ गते ११:२८

२४ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभामा ५५ सीट मागेको छ । प्रदेशसभामा १३१ सिट दाबी गरेको उसले कांग्रेसलाई जिल्लागत सूची नै बुझाएको छ ।

दुई दलले गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसलाई बुझाएको सूची अनलाइनखबरले पाएको छ । यो सूचीअनुसार राजपा र संघीय फोरमले काठमाडौंमा पनि प्रतिनिधिसभाको ४ र प्रदेशसभाको ८ सीट आफूले पाउनु पर्ने उल्लेख छ ।

कांग्रेसको गठबन्धनमा जानुअघि नै राजपा र फोरमले सबै ठाउँमा साझा उम्मेदवार उठाउने छुट्टै सहमति पनि गरेका छन् । दुई दल मिलेर ५५ सीटको दाबी पेश गरेपछि कांग्रेस भने सकसमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?