Comments Add Comment

चुनौतीपूर्ण कम्युनिष्ट एकता प्रयास

नेपालको राष्ट्रिय राजनीतिमा कम्युनिष्ट आन्दोलन सबभन्दा प्रभावशाली आन्दोलन हो । बढी जनमत र जनसमर्थन यो आन्दोलनप्रति छ । विभिन्न कम्युनिष्ट पार्टीमा यो आन्दोलन विभाजित भएको कारणले राष्ट्रिय राजनीतिमा दोस्रो हुने गरेको छ । प्रमुख कम्युनिष्ट पार्टीहरु वीचको एकताविना यो आन्दोलन पहिले हुने सम्भावना न्यून छ ।

यो वास्तविकतालाई कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक र समर्थकले आत्मसाथ गर्नु सहकार्यको एउटा महत्वपूर्ण कारण हो । साथै यो आन्दोलनको चरित्र विशिष्ट प्रकृतिको छ । यसले आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा आमूल परिवर्तनको मात्र होइन राष्ट्रियताको एजेण्डालाई पनि निरन्तर अवलम्वन गर्दै आएको छ ।

केही बर्ष यता राष्ट्रियताको जग अस्वाभाविक रुपमा भत्किँदै गएको छ । राष्ट्रियताको संरक्षण सम्वर्द्धन प्रमुख कम्युनिष्ट पार्टीहरुको एकताविना सम्भव देखिँदैन । राष्ट्रियताप्रति चिन्तित कम्युनिष्ट पार्टीका कार्यकर्ता, शुभचिन्तक र समर्थक जनताको चाहाना कम्युनिष्ट पार्टीहरु एक भई राष्ट्रियताको संरक्षण र सम्वर्द्धन गरुन भन्ने रहेको छ । चुनावी गठबन्धन र एकीकरणका यी नै उल्लेखनीय कारण हुन् ।

बाह्य प्रभाव

अहिलेको विश्वमा कुनै पनि त्यस्तो देश छैन, जहाँ वाहृय प्रभाव नपरेको होस् । वाहृय प्रभाव कुनै देशमा घटी र कुनै देशमा बढी छ भन्ने मात्र हो । नेपाल दुई ठूला छिमेकी राष्ट्र भारत र चीनको वीचमा रहेको छ । नेपालको भूमिमा हुने राजनीतिक देखि हरेक गतिविधिको दुवै देशमा प्रत्यक्ष प्रभाव पर्दछ ।

यसैले यी देशको चासो र चलखेल यहाँको राजनीतिमा हुनु कुनै अस्वाभाविक कुरा होइन । यी देशहरुसँग खेल्नको लागि अन्य वाहृय शक्तिहरु विशेषतः पश्चिमा शक्तिले पनि यहाँ चाँसो चलखेल गर्दै आएका छन् । केही बर्ष यता यहाँ दुई छिमेकी मुलुक र पश्चिमा शक्तिको चलखेल निकै बढेको छ । यो घटनाक्रममा पनि बाहृय चलखेल छैन भन्न सकिँदैन ।

हिजो एमाले-माओवादी गठबन्धन तोड्नका लागि एउटा छिमेकी राष्ट्रले पश्चिमा शक्तिको डिजाइन अनुसार भूमिका निभाएको थियो भन्ने गरिन्छ । अहिले प्रमुख कम्युनिष्ट पार्टीहरुवीच एकता हुनुमा कसैले भूमिका निभाएको हुन सक्दछ ।

कुनै पनि देशको राजनीतिक जव तरल र अस्थिर हुन्छ, त्यतिबेला बाहृय शक्तिहरुको चलखेलको स्वभाविक रुपमा बढ्छ । ०६२/०६३ सालको जनआन्दोलनबाट प्राप्त राजनीतिक परिवर्तन समयमै उचित तरिकाले व्यवस्थापन गर्न नसक्दा राजनीतिक तरलता लामोसम्म रहेको हो । यस्तो प्रतिकुल अवस्थामा प्रमुख पार्टीहरुले वाहृय चलखेललाई सीमित गर्नका लागि साझा धारणा बनाउनुको सट्टा बाहृय शक्तिको सहयोग र समर्थनमा आˆना प्रभाव विस्तार गर्न खोज्दा यहाँको राजनीतिमा वाहृय चलखेल अस्वभाविक रुपमा बढेको हो ।

नाम नै किटेर भन्नु भन्दा बाहृय शक्तिले गरिहेको चलखेलको प्रवृत्तिगत कुरा गर्दा उपयुक्त होला । एउटा बाहृय शक्तिले यहाँ आफू अनुकुलको नियन्त्रित अस्थिरता सृजना गर्दै आएको छ । यो शक्ति यहाँ अनियन्त्रित अस्थिरता भएमा आफ्नो सुरक्षामा प्रत्यक्ष आइपर्ने कुरामा भने सचेत देखिन्छ । दोस्रो- बाहृय शक्ति यहाँको राजनीतिक अस्थीरता आˆनो सुरक्षामा प्रत्यक्ष असर पर्ने सोच्दछ र सँधै यहाँ राजनीतिक स्थिरता र शान्ती चाहन्छ । तेस्रो- बाहृय शक्ति यहाँ बढीभन्दा बढी अस्थिरता सिर्जना गरेर आˆनो अभिष्ट पूरा गर्ने खेल खेल्दै आएको छ । केही बर्षयता नियन्त्रित र अनियन्त्रित अस्थिरता सिर्जना गर्ने दुई बाहृय शक्तिले संयुक्त भूमिका निभाई रहेको कारणले यहाँको राजनीति समाल्न नसकिने गरी विथोलिएको हो ।

छिमेकी मुलुक भारत यहाँको राजनीति आफ्नो मुठ्ठी भन्दा अलिकति पनि बाहिर नजाओस् भन्ने चाहान्छ । यहाँ राजनीतिक स्थिरता भयो भने आफ्नो प्रभाव कमजोड होला भन्ने सोच्दछ र निरन्तर आˆनो अनुकुलको अस्थिरता खडा गरिरहन्छ । पश्चिमा शक्तिहरु अनियन्त्रित अस्थीरता सृजना गरी यहा आगजनी गर्ने र त्यो आगो तिब्बतमा सल्काउने रणनीति अन्तरगन चलखेल गरिरहेका छन् ।

नियन्त्रित अस्थिरताको रणनीति अनुसार भारतले मधेशवादी राजनीतिलाई पृष्ठपोषण गरिरहेको छ । पश्चिममाहरुले सामाजिक द्वन्दलाई विस्फोटक बनाई अस्थीरता सृजना गर्न यहाँ जातिवादी र पहिचानवादी वितण्डा मच्याइरहेका छन् ।

कांग्रेस आत्तिनुको कारण

यो सहमतीले कम्युनिष्ट पार्टीहरु वीचको अन्तरविरोधलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्ने रणनीतिमा गम्भीर ठेस लागेको छ । कम्युनिष्टहरुको घोडा चडेर शासन गर्ने कांग्रेसको सपना चक्नाचुर भएको छ । यो कारणले कांगे्रसले विरोध गर्नु कुनै अस्वाभाविक कुरा होइन ।

दुई कम्युनिष्ट पार्टीभित्रैबाट आइरहेको विरोध भने भिन्न भिन्न कारणबाट भएको देखिन्छ । राष्ट्र, जनता र पार्टीका लागि भन्दा व्यक्तिगत स्वार्थका लागि राजनीति गरिरहेकाहरु पार्टी एकिकरण हुँदा पदीय र प्रभावीय हैसियत घट्ने चिन्ताबाट भयभित भई विरोध गरी रहेका छन् । अर्कोथरी जो कम्युनिष्ट र कम्युनिष्ट पार्टीको आवरणमा बाहृय शक्तिहरुका लागि काम गरिरहेकाबाट पनि विरोध भइरहेको छ । यस्ता तत्वहरु कोही भित्रभित्र एकता प्रयासलाई असफल बनाउन गोटी चालिरहेका छन्, कोही सडकमा नै उत्रिएर विरोध गरिरहेका छन् ।

माओवादीभित्रैबाट आएको प्रतिक्रिया

तुलनात्मक रुपमा एमालेमा भन्दा माओवादीमा अनुशासन पालना नगर्ने प्रवृति बढी छ । जनयुद्धको कठोर अनुशासनबाट आएका माओवादीले खुला राजनीतिमा आएपछि उपयुक्त अनुशासनात्मक नीति बनाउन नसक्दा यो पार्टी भद्रगोल स्थितिबाट गुज्रिदै आएको छ ।

वाहृय शक्तिको निर्देशन अनुसार जातिवादी राजनीति गरिरहेकाहरुबाट एकता प्रयासको चर्को विरोध भइरहेको छ । त्यस्तै गरी एकीकरणपछिको कम्युनिष्ट पार्टीमा आˆनो चलखेल र भूमिका कमजोर हुने देखेर विरोध गर्ने पनि छन् ।

यसको मतलव एमालेभित्रबाट विरोध भएको छैन भन्ने होइन । माओवादीमा जस्तै यस्ता प्रवृतिहरु एमालेभित्र पनि छन् । फरक यति मात्र हो, उनीहरुको विरोध त्यति चर्को र प्रभावशाली छैन । तर, आम कार्यकर्ता शुभचिन्तक र समर्थक एकताको पक्षमा रहेकाले यस्तो विरोधले खास असर गर्ने देखिँदैन ।

एकताभित्रको चुनौती

यो शंकामा कुनै तर्क र बल नै छैन भन्ने होइन । दुवै पार्टीको नेतृत्वलाई एकता विरोध तत्वहरुले घेरेर बसेका छन् । एकता प्रयासलाई भाँड्न कोही खुलेर कोही गुपचुपरुपमा दुस्प्रयास गरिरहेका छन् ।

एकतालाई असफल गराउन सम्पूर्ण शक्ति वाहृय शक्तिहरुले प्रयोग गरिरहेका छन् । यसैले यो एकीकरण प्रयास निकै चुनौतीपूर्ण छ । तर, परिस्थिति र बाध्यता पार्टी एकताको पक्षमा छ । आम कार्यकर्ता, शुभचिन्तक, र समर्थक एकताको पक्षमा छन् । यो एकीकरण प्रयास असफल हुँदा दुवै पार्टीको नेतृत्व तहले जनविश्वास गुमाउने स्थिति छ । यी कारणले गर्दा पार्टी एकीकरण हुने सम्भावना बढी छ ।

राजनीतिक ध्रुवीकरण परिस्थिति अनुसार ठीक र वेठीक हुन्छ । जतिवेला सिद्धान्त र विचारको आधारमा राजनीति गर्नुपर्ने हुन्छ, त्यतिवेला राजनीतिक धु्रवीकरण अनिवार्य हुन्छ । अहिले सिद्धान्त र विचारको राजनीतिक धु्रवीकरणको आवश्यकता हो । यस्तो अवस्थामा हुने राजनीतिक धु्रवीकरणले मूलुकको राजनीतिलाई सही दिशा र गति दिन मद्दत पुर्‍याउँछ । विचार र सिद्धान्तविनाको गठबन्धन न हाँसको चाल, न कुखुराको चालजस्तो हुन्छ । यस्तो विचार र सिद्धान्तको राजनीतिक धु्रवीकरणले अनिष्ट निम्त्याउँछ नै निष्कर्ष निकाल्नु उपयुक्त हुँदैन ।

यो एकीकरण प्रयासले स्वभाविकरुपमा यी पार्टीहरुको मात्र होइन अन्य पार्टीहरुको पनि संख्या स्वभाविक रुपमा घटाउने छ । धेरै पार्टीहरुको कारणले अस्थिरताको शिकार भइरहेको राष्ट्रिय राजनीतिमा राजनीतिक स्थिरताको ढोका खुल्ने छ । पार्टीहरुमा रहेको औसरवादी र गैर जिम्मेवारपूर्ण प्रवत्तिमा कमी आउनेछ । छलछामको आधारमा होइन एजेण्डाका आधारमा पार्टीहरुले स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्ने उपयुक्त वातावरण बन्ने छ । जसले क्षेत्रीय र जातीय राजनीतिलाई निरुसाही गर्नेछ । समग्रमा राष्ट्रिय राजनीतिले सही दिशा र गति लिने सम्भावना छ ।

कांग्रेसको गठबन्धन प्रयास

कम्युनिष्ट गठबन्धनको प्रतिकृयाको रुपमा कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बनेको हो । विचार र सिद्धान्तमा निकटता रहेका यी शक्तिहरुका वीच गठबन्धन बन्नु सकारात्मक नै कुरा हो ।

यो गठबन्धनमा जातीवादी, पहिचानवादी, क्षेत्रयवादी, मधेसवादी, र वितण्डावादीदेखि कांग्रेस र राप्रपासम्म सहभागी छन् । कांग्रेसजस्तो जिम्मेवारी पार्टीको नेतृत्वमा यस्ता शक्तिहरु रहँदा यिनीहरु जिम्मेवार र उत्तरदायी बन्नुपर्ने वातावरण बन्दछ । यसले राजनीतिमा देखिँदै आएको अराजकता, अनुशासनहीनता र गैरजिम्मेवारीपनमा कमी पनि आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment