६ मंसिर, काठमाडौं । सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानका प्रतिनिधिबीच वार्ता भइरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी वार्ता अभियानले सरकार समक्ष राखेका माग र भोलिबाट गर्ने भनिएको अनिश्चितकालीन बन्द हड्तालमा केन्द्रित रहेको सहभागीहरूले बताएका छन् ।
वार्तामा प्रसाईंको तर्फबाट उनका छोरा डा. निराजन प्रसाई र अभियानका प्रवक्ता प्रेमदीप लिम्बु लगायत सहभागी छन् ।
वार्ताको सहजकर्ताको रुपमा अधिवक्ताद्वय विनोदमणि भट्टराई र लबन न्यौपाने पनि वार्ताका लागि बालुवाटार पुगेका छन् ।
यसअघि कार्तिक २६ गते दुर्गा प्रसाईं नेतृत्वको अभियानले गृहमन्त्री अर्यालसँगको वार्तामा २७ बुँदे माग प्रस्तुत गरेको थियो ।
संविधानको खारेजी लगायतका माग राखेको प्रसाईं पक्ष आज प्रधानमन्त्रीसँग वार्तामा बसेको हो ।
प्रसाईं भने जिल्ला प्रहरी कार्यालय काठमाडौंको हिरासतमा छन् ।
प्रतिक्रिया 4