Comments Add Comment

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे अमेरिकी राजदूतको चासो

२५ असोज, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत एलिना वि टेप्लिजले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति चासो राखेकी छन् ।

उद्योग मन्त्री सुनीलबहादुर थापासँग मन्त्रालयमा बुधबार भएको भेटघाटमा राजदूत टेप्लिजले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बारे चासो राखेकी हुन् ।

उनले पछिल्लो चरणमा बनेका विभिन्न गठबन्धनका कारण नेपालको विकासमा असर त पुर्‍याउँछ कि पुर्‍याउँदैन भनी चासो राखेकी थिइन् ।

उनले सरकारले मंसिर १० र २१ मा गर्न लागेको निर्वाचनमा अमेरिकाले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धतासमेत जनाइन् । उनले भनिन्, ‘नेपालमा जहिले पनि शान्ति कायम भएको चाहन्छ, त्यसका लागि सरकारले जसरी निर्वाचन गर्न हरसम्भव प्रयास गरेको छ, त्यसलाई अमेरिकाले स्वागत र समर्थन गर्छ ।’

झण्डै १ घण्टा लामा भेटमा राजदूत टेप्लिजले पुनर्निमाणको काम बारे पनि चासो राखेकी थिइन ।

त्यसैगरी सो भेटमा राजदूत टेप्लिजले नेपालको औद्योगिक विकासमा अमेरिकाले सधैं सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

उनले नेपालमा जिर्ण अवस्थामा रहेका उद्योग सञ्चालन, भइरहेका उद्योगहरुको स्तरउन्नती र नेपालमा उत्पादिन बस्तुहरुको अन्तराष्ट्रिय बजारसम्म पुर्‍याउन आफुले मद्दत गर्ने प्रतिवद्धता जनाइन् ।

सो अवसरमा मत्री थापाले मन्त्री थापाले नेपालको औद्योगिक विकासका लागि लगानी गर्न आग्रह गरे ।

भेटमा मन्त्री थापाले पछिल्ला राजनीतिक घटनाक्रमले नेपालको औद्योगिक विकासमा कुनै प्रभाव नपार्ने प्रतिवद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment