Comments Add Comment

सानिमाको शाखा गौशालामा


२५ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाण्डौंको गौशालामा ४७ आंैै शाखा कार्यालय स्थापना गरीे बैंकिङ सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे ।

कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए । त्यसै गरी बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै यस गौशाला शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मह जोडीले गौशालामा सानिमा बैंक संचालनमा आएकोमा गौशालावासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।

बैंकको उक्तशाखा समेतगरी मेची देखि महाकालीसम्म ४७ वटाशाखा संजाल तथा ५३ वटा ए.टि.एम. रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment