Comments Add Comment

अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा दिनेश पोखरेल सर्वसम्मत

 एक दशक बढी समयदेखि अष्ट्रेलियामा बस्दै आएका झापा कनकाई नगरपालिका–७, दुर्गापुरका दिनेशकुमार पोखरेल अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

बुधबार सम्पन्न समाजको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि समाजको संस्थापक सदस्य थिए ।

झापाली समाज अष्ट्रेलियाको संस्थापक अध्यक्ष र हाल संरक्षकसमेत रहेका पोखरेलले एनआरएन अष्ट्रेलियाको प्रवक्ता र उपाध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।

अध्यक्षमा सर्वसम्मत चयन भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले झापाको समृद्धि र दिगो विकासका लागि समाजले काम गर्ने बताए ।
समाजको वरिष्ठ उपाध्यक्षमा हङकङ निवासी छत्र सुब्बा चयन भएका छन् ।

उपाध्यक्षहरुमा मध्यपूर्वका दिपकप्रसाद ओली, युरोपका ललितकुमार न्यौपाने, अष्ट्रेलियाका रुपराज मैनाली, अमेरिकाका प्रमोद सिटौला, कोरियाका राजु सन्तोषी थापा र प्रेम कार्की रहेका छन् ।

महासचिवमा मध्यपूर्वका रोहितकुमार भण्डारी, सचिवमा भुपाल सिटौला र कोषाध्यक्षमा बालहरि राई चयन भएका छन् ।

सदस्यहरुमा युएईका जगन्नाथ लुइँटेल, युकेकी रोमिया लिम्बू, इजरालयकी सावित्रा लुइँटेल घिमिरे र हङकङका हेमकुमार लावती रहेका छन् ।

अधिवेशनमा विभिन्न १८ मुलुकमा बसोबास गर्ने १ सय ५० बढी झापालीको सहभागिता थियो ।

करिब ८ महिना अगाडि बिर्तामोड घर भई अष्टे«लिया निवासी भवानी ओलीको संयोजकत्वमा अन्तर्राष्ट्रिय झापाली समाजको तदर्थ समिति गठन भएको थियो ।

संयोजक ओलीको अध्यक्षतामा बुधबार भएको अधिवेशनको खुलासत्र प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सिपी मैनालीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै उनले विश्वभरका झापालीहरु अन्तर्राष्ट्रिय झापाली समाजमा संगठित हुनु झापाको विकासका लागि आशालाग्दो विषय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment